News

कसैलाई राहत आबस्यक परे सम्पर्क गर्न करिश्माको अनुरोध १ सेयर गर्नुहोस

अहिले एतिबेला कोरोना भाईरसको कारण ले नेपाल पुरै लकडाउन छ । मानिस हरु घर बाट बाहिर निस्कन सम्म पाएका छैनन । यो बेलामा काम गरेर एक छाक खाने मानिसहरुलाई गुजारा चलाउन धेरै नै गाह्रो भएको छ । यो बेला सरकारले राहत बितरण गरेको छ । तर पनि कतिपय ठाउँ भने पुगेको छैन । यो समयमा राहत बितरण गर्ने मानिस प्राय कम नै छन ।

सामाजिक संजालमा अहिले नायिका करिश्मा मानन्धरले आफ्नो घर वरिपरी डेरा गरी बस्ने र समस्या भएका मानिसहरुको लागि सहयोगको हात अगाडि बढाएकी छिन । उनले सामाजिक संजालमा स्टाटस लेख्दै केही समस्या भएको खण्डमा गोदावरी भिलेज स्टूडियो अर्थात मानन्धर निवासमा सम्पर्क गर्न अनुरोध गरेकी छिन । करिश्माको यो अनुरोध आएपछि केही मानिसहरु

उनको घरसम्म पनि पुगेका छन । करिश्माले केहीलाई सहयोग गर्न सकेको तर पूर्ण तयारी नगरिएकाले पनि केहीलाई फर्काउन परेको भन्दै भोली गरौला समेत भनेकी छिन । करिश्माले सबैलाई आफ्नो नजिकका परिवार, छिमेकीहरुलाई सहयोग गर्न पनि अपिल गरेकी छिन । उनले, कतिपय मानिसहरु उनको स्टाटस हेरेर सातदोबाटोबाट गोदावरीसम्म

हिडेर पुगेको पनि उल्लेख गरेकी छिन । नायिका करिश्मा मानन्धरले सामाजिक संजालमा केही नयाँ सुन्द तस्वीरहरु पनि पोष्ट गरेकी छिन । तस्वीर पोष्ट गर्दै उनले लेखेकी छिन, फोटो त हाल्न परिहाल्यो, नत्र बिर्सिएला । यो समाचार अनलाईन खबर डटकम मा लेखिएको छ । नायिका करिश्मा मानन्धरले नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताइसकेकी छिन ।

कुनै समय करिश्माको यूग थियो जतिबेला नेपालमा नायिका भनेकी करिश्मा हुन् भनेर दर्शकले सोच्थे । उनको सुन्दरता, अभिनयको चर्चा खुबै हुन्थ्यो । करिश्माको चलचित्र हेर्न दर्शकको भिड लाग्थ्यो । तर, अहिले समय बदलिएको छ । करिश्माको चर्चा अहिले पनि कम भएको छैन । तर, उनको चर्चा चलचित्रको व्यापार वा अभिनयका कारण भन्दा पनि अन्य कारणले हुने गर्दछ ।

करिश्मा चलचित्रमा भन्दा बढी सामाजिक संजालमा सक्रिय देखिन्छिन् । तर, आजको समयमा पनि करिश्मालाई आफ्नो प्रतिस्पर्धा अरु कोही छन् भन्ने लाग्दैन । सामाजिक संजालमा आफ्नो पुरानो तस्वीर पोष्ट गर्दै करिश्माले आफनो प्रतिस्पर्धा आफू नै भएको लेखेकी छिन ।

Related Articles

Back to top button
Close