News

औ’षधी नखाई कोरोनालाई जितेकी बागलुङकी अंशु यसरी फर्किन घर

काठमान्डौ, बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया युबती अंशु सापकोटा अस्पतालबाट डिस्चार्ज भएकी छिन । कोरोना संक्रमित नेपालकै पाँचौ बिरामी बागलुङकी १९ बर्षिय अंशु सापकोटाले कुनै पनि औ’षधी नखाई कोरोना जितेर अहिले भरखरै डिस्चार्ज भएकी छिन । छैठौ रिपोर्ट नेगेटिभ आएसंगै उनी शुक्रबार राती डिस्चार्ज भएकी हुन् ।लगातार दुईपटकसम्म नेगेटिभ रिपोट आएकाले उनी अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।१९ वर्षीया अंशुलाई उनका पिताले वुझेका छन् ।योसँगै कोरोनाबाट निको हुनेको संख्या ११ पुगेको छ।

आँशुको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिएका छन् ।उनकोको अवस्था सामान्य भए पनि यस अघिको चार वटा स्वाब रिपोर्ट को’रोना संक्रमण भएको पोजेटिभ रिपोर्ट नै आएको थियो । उनी चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको बिमान हुँदै नेपाल फर्किएकी थिइन् । त्यही क्रममा चैत्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गत साता मात्रै नेपालको छैठौ तथा जिल्लाको दोस्रो संक्रमित बानपा ३ गौडाकोटकी ६५ बर्षीया मनकुमारी पौडेल दम र प्रेसर रो’गका बाबजुद पनि सहजै को’रोनालाई जितेर फर्किएकी थिइन् ।

Related Articles

Back to top button
Close