Friday, January 22

यि बाबुले आफ्नो सम्पत्ती कुकुरको नाममा गरिदिए, कुकुरको सेवा गर्नेले सम्पत्ती पाउँछ भन्दै छोरालाई दिए चुनौती

December 31, 2020 80

एजेन्सी । आफुले जन्मदिएका छोराहरुले वेवास्ता गरेपछि एक वृद्ध पुरुषले आफ्नो सबै सम्पत्ती श्रीमती र कुकुरको नाममा आधा आधा भाग लगाइदिएका छन् । सम्पत्तीकै लागि छोराहरुले बुवाआमाको अपमान गर्ने गरेपछि उनले यस्तो निर्णय लिएका हुन् ।

यो घटना भारत मध्य प्रदेशको छिन्द्वारामा भएको हो । उनी एक किसान हुन् । आफ्ना छोराको व्यवहारबाट दिक्क परेका उनले आफ्नो सम्पत्तीको आधा आफ्नो कुकुर ज्याकी र आधा पत्नी चम्पाको नाममा नामसारी गरिदिएका छन् । किसानको यस्तो निर्णयबाट सबै छक्क परेका छन् ।

बादीबाडा गाउँका किसान ओम नारायणले आफ्नो कुकुरको वफादारीताका लागि राम्रो इनाम दिए । उनले कुकुरले जति पनि छोराछोरीले वफादारी नदेखाएको भन्दै छोराछोरीकै अगाडी कुकुरलाई आफ्नो सम्पत्तीको आधा हकदार बनाइदिए । किसानले आफ्नो सम्पत्तिको आधा अंश कुकुरलाई र आधा अंश श्रीमती चम्पाको नाममा लेखिदिएका छन्।

किसान ओम नारायण आफ्ना छोराको व्यवहारबाट धेरै दुखी थिए । किसानले कानुनी कागज बनाए जसमा आफुले पालेको कुकुरलाई उत्तराधिकारी घोषणा गरेका छन्। ५० बर्षे किसान ओम नारायण वर्माले आफ्नो इच्छामा लेखेका छन् कि मेरी श्रीमती र घरपालुवा कुकुरले मेरो सेवा गर्छन् त्यसैले यिनीहरु नै मेरा प्रिय हुन् । मेरो निधन पछि मेरो सम्पत्तीको हकदार श्रीमती चम्पा वर्मा र एउटा कुकुर हुनेछ । कुकुरको सेवा गर्ने व्यक्ति सम्पत्तिको अर्को उत्तराधिकारी हुनेछ ।

किसान ओम नारायण वर्मा भन्छन् कि पारिवारिक विवादका कारण रिसाउँदै उनले आफ्नो पाल्तु कुकुरलाई २ एकड जग्गा दिएका छन्। परिवारमा उसको हेरचाह गर्नेले उसको सम्पत्ति पाउनेछ।

यो पनि पढ्नुहोस्

जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य हो ः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्बद्र्धनका लागि कांग्रेसको काँधमा प्रमुख जिम्मेवारी रहेको बताउनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले विभिन्न समुदाय र हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान नै भएको जनाउनुभयो ।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको उल्लेख गर्दै उहाँले जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य भएको स्पष्ट गर्नुभयो । कांग्रेस संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गर्नुभएको दिन पुस १६ गतेका अवसरमा कांग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ । सो अवसरमा सभापति देउवाले भन्नुभयो, “बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिनुभएको नीति आज पनि उत्तिकै सान्दर्भिक छ । मेलमिलाप नीतिको मूल चुरो हिजो पनि जनता थियो, जनताको अधिकार र लोकतन्त्र थियोे, आज पनि त्यही नै हाम्रो साझा र मूल बाटो हो ।”

बिपीले मेलमिलाप नीतिको केन्द्रमा नेपाली जनतालाई राख्नुभएको बताउँदै उहाँले लोकतान्त्रिक अधिकार शान्तिपूर्ण ढङ्गले जनतालाई दिलाउन लिएको नीतिकै जगमा २०४६ सालको परिवर्तन भएको स्मरण गर्नुभयो । “मेलमिलापको नीतिले राजालाई पनि ठीक ठाउँमा ल्याउन खोज्यो तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लियो, बिपीले प्रतिपादन गर्नुभएको मेलमिलापको नीतिकै बाटोबाट नेता गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिंँडेका माओवादीहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियो”, उहाँले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्