Video

शिशिर भण्डारीको सबैलाई रुवाउने गीत ‘फोटो फिरिममा’लाई २० लाखले हेरे । टिकटकमा ५० हजार माथि भिडियो बन्यो (भिडियो हेर्नुस)

नचाउने गीतहरुले बजार तताईरहेको समयमा शिशिर भण्डारीको शव्द, सँगीत तथा अभिनय रहेको गीत फोटो फिरिममाले युट्युब र टिकटकमा अत्याधिक चर्चा पाएको छ । नेपाल आईडलकी निकै चर्चित प्रतिस्पर्धी पुर्वकी रचना रिमालको सुमधुर आवाज रहेको गीतलाई छोटो समयमै युट्युबमा २० लाख माथिले हेरेका छन् भने टिकटकमा ५० हजार माथि टिकटक भिडियोबनेको छ, यस गीतमा ।

रचनाको आवाज र शिशिरको मर्मस्पर्शी शव्द सँयोजन साथै सँगीतले सबैको मन लुटेको छ । धेरैले यस गीतलाई आफ्नो जीवनकै उत्कृष्ठ गीत बताएका छन् भने कतिले यो गीत आफ्नो वास्तविक जीवनसँग मिलेको बताएका छन् । शिशिरले यस पुर्व हाम्रो माया जिन्दावाद बोलको गीत ल्याएका थिए, यस गीत र उक्त गीतको तुलना गर्ने हो भने आफुलाई फोटो फिरिममाले निकै सन्तुष्टि दिएको शिशिर बताउँछन्, यद्यपी लगानीको हिसाबले हाम्रो माया जिन्दावाद फोटो फिरिममा भन्दा १० गुणा माथि थियो । छिट्टै नै शिशिरले फोटो फिरिममा पुरुष भर्सनमा पनि लिएर आउँदैछन् । गीतको भिडियो भने उत्कृष्ठ बनाउने शिशिरको प्रयाश रहनेछ । भिडियो हेर्नुस

Related Articles

Back to top button
Close