News

चितवनका कोरोना संक्रमित युवकले पनि जिते कोरोनालाई, आज डिस्चार्ज हुने

काठमान्डौ , चितवनका कोरोना संक्रमित युवकले पनि कोरोनालाई जितेका छन् ।तेस्रो पटक गरिएको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आए संगै उनले कोरोनालाई जितेका हुन् ।आज (शुक्रबार) भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पुनः परीक्षणमा राप्ती नगरपालिका–८ का २७ वर्षीय युवकको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकरी दिए । उनले भने–‘कोरोना संक्रमण देखिएपछि दुईपटक पुनः परीक्षण ग¥यौं, दुई पटक नै रिपोर्ट नेगेटिभ आएको छ ।’

यो रिपोर्टले ती युवक निको भएको पुष्टि भएको छ । उनको डिस्चार्ज बारे भोलि बस्ने मेडिकल टिमको बैठकले निर्णय लिने सूचना अधिकारी पौडेलले बताए ।यस्तै भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएकोले भोलि नै डिस्चार्ज गर्ने गरी तयारी गरिने बताए । ती युवकको वैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी बेलायतबाट चैत ३ गते नेपाल आएर चैत ५ गते चितवन आएका थिए । उनीसंगै संक्रमण देखिएका उनको आमाको दोस्रो परीक्षण पनि पोजिटिभ आएको थियो

Related Articles

Back to top button
Close