News

३ दिनमा सय किमि पैदल हिँडेकि १२ वर्षीया बालिकाको घर पुग्न ११ किमि बाकीँ रहदा मृत्यु

लकडाउनपछि सयौं किलोमिटर हिँडेर त कोही साइकलको सहारामा आफ्नो घर फर्किरहेका छन्। यस्ता घटना नेपाललगायत भारतमा भइरहेका छन्। लकडाउनमा पैदल नै आफ्नो घर फर्किरहेकी १२ वर्षीया बालिकाको घर पुग्नु अगावै मृत्यु भएको द इन्डियन एक्सप्रेसले लेखेको छ।रिपोर्टका अनुसार १२ वर्षीया जमालो मडकाम करिब दुई महिना अघि तेलंगानामा खुर्सीनी खेतीमा काम गर्नका लागि आफन्तसाग पहिलो पक आफ्नो घरबाहिर निस्किएकी थिइन्। तर उनी जिउँदो फर्कन सकिन्न्। करिब सय किलोमिटर पैदल हिँडेपछि उनको मृत्यु भयो।

पत्रिकाले अधिकारीलाई उद्धृत गर्दै उनीसँग अन्य १३ जना पनि भएको बताएको छ । १२ वर्षीया ती बालिका लगातार तीन दिनसम्म पैदल हिँडेको र १८ अप्रिलमा इलेक्ट्रोलाइट असन्तुलन र थकानका कारण उनको मृत्यु भएको बताएको छ। छत्तीसगढको बीजापुर जिल्लामा रहेको आफ्नो घरबाट ११ किलोमिटर टाढा उनको मृत्यु भएको हो। जरोम आफ्ना आमा–बुवाका एक्ला सन्तान थिए। राज्यका मुख्यमन्त्री भूपेश बघेलले पीडित परिवारका लागि एक लाख भारु दिने घोषणा गरेका छन्। –एजेन्सी

Related Articles

Back to top button
Close