News

‘कान्छो पोइसँग श्रीमतीको रासलीला’ भन्दै श्रीमानले प्रमाण सार्वजनिक गरेपछि…

आफू परदेशमा रहेका बेला जीवन संगीनी ठानिएकी पत्नीले कुनै बज्रस्वाँठसँग अनै’तिक स’म्बन्ध राखी रासलीला मच्चाएको प्रमाण नै फेला पार्‍यो भने एउटा श्रीमानले के गर्ला ? उत्तर अनेक आउन सक्छन् तर मोरङका एक युवाले फेसबुकबाट आफ्नी श्रीमतीको ‘कान्छो पोइ’ घोषणा गरिदिएका छन् । यो खबर महेन्द्र क्षेत्रीले जनआस्थामा लेखेका छन् ।लामो समय खाडीतिरको वैदेशिक रोजगारीमा रहेर घर फर्केका मोरङ बेलबारीका युवा तारा डाँगीले घर फर्किएको केही महिनापछि यसै हप्ता आफ्नी श्रीमती र नजिकैका समाजमा प्रतिष्ठित परपुरुषको फेसबुक म्यासेन्जरमा विगतमा भएका ‘च्याट’ सम्बाद (स्क्रिन सर्ट) सहित ‘कान्छो पोइ’ सार्वजनिक गरिदिएपछि त्यसले खैलाबैला मच्चिएको छ ।सञ्जय सुवेदी पुर्ख्यौली रुपमै हुनेखाने परिवारको र आफूलाई समाजसेवी भन्न रुचाउने ५० वर्ष नाघिसकेको एक पुरुषलाई चिनाउने गरी “यो मेरो बुडिको boyfriend हुने वाला कान्छो बुडा नयाँ बेहुला” भनी फेसबुकमा पोष्ट गरिदिएपछि समाजमा खैलाबैला भएको हो ।

ताराले आफ्नो फेसबुकमा भएका करिब ३०० भन्दा बढी साथीहरूलाई उक्त स्क्रिन सर्ट पठाइदिएका थिए । फेसबुकमा लेखिएको थियो – “यो चाहिँ मेरो बुडिको boyfriend हुने वाला कान्छो बुडा नयाँ बेहुला” वैशाख ७ गते आइतबार बिहान मोबाइल घरमै छाडेर श्रीमती नजिकै रहेको माइतीमा गएका बेला ताराले आफ्नी पत्नीको मोबाइल हेर्न र च्याट सम्बादको स्क्रिन सर्ट लिन भ्याएका थिए । त्यसअघि पनि परस्त्री र परपुरुषको नाजायज सम्बन्धबारे थाहा पाएर चेतावनी दिए पनि चालामाला झन् बि’ग्रेपछि प्रमाण जुटाउन उनले फेसबुक म्यासेन्जरको च्याट हेरेका थिए ।

समाजको नजरमा प्रतिष्ठित र सम्धी सम्धिनी समेत बनाइसकेका छिमेकी परपुरुष सन्जय सुवेदी र आफ्नी श्रीमतीका बीच माया प्रेमका रासलीला मात्रै होइन, एक अर्कालाई बुढा, बुढी जस्ता शब्दले समेत सम्बोधन गरिएका र छिल्लिएका सम्वादहरू फेला पारेपछि डाँगीले स्क्रिन सर्ट गरेका थिए । माइतबाट फर्केपछि श्रीमतीलाई उनले सो विषयमा कुरा गरे पनि झन् च्याँ’ठ्ठिएपछि अ’सैह्य भई नाता तोड्ने निर्णयसहित म्यासेन्जरमा बोलिएका सम्बादका ६२ वटा स्क्रिन सर्टहरु फेसबुकमा पोष्ट गरेका थिए । त्यतिमात्र होइन, ताराले आफ्नो फेसबुकमा भएका करिब ३०० भन्दा बढी साथीहरूलाई उक्त स्क्रिन सर्ट पठाइदिएका थिए । फेसबुकमा लेखिएको थियो – “यो चाहिँ मेरो बुडिको boyfriend हुने वाला कान्छो बुडा नयाँ बेहुला” ।

बिदेशबाट फर्केपछि आफूप्रति आ’शक्त हुनुपर्ने श्रीमती टाढिन खोज्ने, बारम्बार अनेक बखेडा झिकेर निहुँ खोजिरहने, आफूले विदेशबाट पठाएको पसिनाको गुमनाम सम्पत्तिबारे सोध्दा नाजवाफ हुने र निहुँ खोजेर बारम्बार स’म्बन्ध बि’च्छेदको ध’म्की दिने गरेपछि आजित ताराले विक्षिप्त भएर यो सबै गरेका थिए । ताराले दुई\चार वर्षको कमाइ त गुमाएका थिए नै, श्रीमती पनि गु’माउन लागेपछि त्यसो गरेका थिए ।‘श्रीमतीको हुनेवाला कान्छो बुडा’ सन्जय सुवेदी नामधारी छिमेकीको फेसबुक प्रोफाइलसमेत देखिने गरी आफ्नी निवर्तमान हुन लागेकी श्रीमती बीच भएको छिल्लिएको सम्बाद सार्वजनिक भएपछि समाजमा निर्धा ताराले कम्ती दबाब झेल्नुपरेन । श्रीमती त माइतीतिर लागिन् तर सुवेदी परिवारको द’बाब र धम्की’समेत आउन थाल्यो । तर पनि सात समुद्रपारिको दुई चार वर्षे अनुभव सम्हालेका तारा डगमगाएनन् । त्यसैले त्यो पोष्ट दुई दिनसम्म फेसबुकमा रहिरह्यो ।’

प’रस्त्रीलम्पट सन्जयले श्रीमान तारालाई फोन गरेर सा’ईवर क्रा’इमको मु’द्दा लगाइदिन्छु भन्दै ‘ध’म्की’ र मा’नसिक ‘दिए । समाजकै ठूलाबडाहरुको पनि द’बाब आएपछि उनी सो पोस्ट आफ्नो वालबाट हटाउन बाध्य भए । तर पोष्ट हटाए पनि स्क्रिन सर्ट तारासँग मात्रै होइन, धेरै जनासँग सुरक्षित भइसकेको छ ।तीन\चार महिनाअघि तारा विदेशबाट फर्केपछि श्रीमती सँगै सुत्न पनि मानिनन् । कहिले महि’नावारी भएको भनेर त कहिले पेट दुखेको भनेर टार्ने गरेपछि प्रता’डित भएका ताराले त्यसपछि श्रीमतीलाई निगरानीमा राखेका थिए । परपुरुषसँग ना’जायज सम्ब’न्ध रहेको आफ्नै छोराछोरीमार्फत थाहा पाएपछि दुई तीन महिनाअघि ताराले श्रीमती र सन्जय दुवैलाई उनीहरूको सम्बन्धबारे प्रश्न उठाएका थिए ।

तर खासगरी सन्जयले पाथीभरा माताको कसम खाँदै दुईबीच दाजु बहिनीको रूपमा मात्र सम्बन्ध रहेको सफाइ दिएका थिए । तर त्यसपछि उनीहरूबीचको सम्पर्क टुट्नुको सट्टा झन् बाक्लियो । त्यतिमात्र होइन, लोग्ने स्वास्नीबीचको कुरा श्रीमतीले सुबेदीलाई हुबहु सुनाउने गरेको थाहा पाएपछि आफूले पत्नीलाई निगरानीमा राख्दै प्रमाण जुटाएको तारा बताउँछन् ।आफ्नी श्रीमतीलाई असाध्यै माया गर्ने ताराले बिदेशबाट फर्केपछि एकपटक श्रीमतीलाई सुधार्ने र दुई स्कुले छोराछोरीको भविष्यका लागि भए पनि आफूलाई सम्हाल्दै आँखा चिम्लने बिचार गरेका थिए । ताराले आफ्नो फेसबुक वालमा राखेका स्टाटसले पनि त्यही संकेत गर्छन् ।

तर श्रीमतीले पनि सन्जय सुबेदीसँगै बस्छु, म तपाईंलाई डि’भोर्स दिन्छु, तपाईंसँग बस्न सक्दिन भनेपछि र ताराकी श्रीमतीले सन्जयलाई ‘म तपाईंबिना बाँच्न सक्दिन’ भन्ने आशयका म्यासेज पठाएको प्रमाण नै जुटेपछि आफू यो घ’टना सार्वजनिक गर्न बा’ध्य भएको तारा बताउँछन् । स्वास्नी खोसुवालाई कठघरामा उभ्याउने प्रयास गरे पनि आफूलाई जनप्रतिनिधिले पनि साथ नदिएको र घटनाबारे प्रहरीमा जाहेरी दिन जान खोज्दा विभिन्न मान’सिक त’नाब दिएर रोकिएको तारा बताउँछन् । त्यसैले आफ्नो र आफूजस्ता पीडि’तको न्याय र स्वाभिमान रक्षाका लागि यथार्थ सार्वजनिक गरेर सहयोग गरिदिन ताराले सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । आफ्नो पीडा सार्वजनिक गरिदिने मिडिया खोजी गर्ने क्रममा जनआस्थाको सम्पर्कमा आएका ताराले सार्वजनिक गरेका च्याट संवाद जनआस्थालाई पनि प्राप्त भएका छन् ।

राजनीतिमा सक्रिय नभए पनि नेकपा समर्थक सन्जय बेलबारीका हुने खानेमा गनिन्छन् । बर्षेनी जसो कार फेरेर चढ्ने सन्जयको परिवारको बेलबारीमा दुई तीनवटा घर छन् । प्लटिङबाहेक अरु देखिने व्यवसाय नभए पनि उनीहरूको परिवारले राजसी जीवन जिउन पाएको छ । पचास वर्ष नाघिसके पनि चिरिक्याट्ट परी बाइस पच्चिसे ठिटो झै ठाँटिएर एसी कारमा हिँड्ने सन्जयकी जेठी छोरीको पोहोर नै कन्यादान भइसकेको छ, अरु छोराछोरी पनि जवान भइसकेका छन् तर पनि उनमा तरुनीमोह कस्तो रहेछ भन्ने कुरा च्याट संवादले छताछुल्ल पारिदिएको छ ।

उनी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीका भाइ भतिजो पर्छन् र छिमेकी पनि हुन् । त्यसैले आफ्नो बस्ती अनि खलककै बेइज्जत हुन लागेपछि उनले पनि चासो लिएर घट’नालाई सामसुम पार्ने प्रयास गरे । त्यसैले मेयर सुवेदीको निवासमा सुवेदी परिवार र ठूलाबडाको बैठक बसेको र आफूलाई विभिन्न ब्यक्तिहरुले प्रत्यक्ष अप्रत्यक्ष धाक ध’म्की दिएपछि पोष्ट हटाउन बाध्य भएको तारा बताउछँन् । मेयर र वडाध्यक्ष लगायतले समेत घट’नालाई गाउँमा नै गुपचुपमा मिलाएर साम्य पार्न खोज्दा गरिबको छोरा र निमुखा भएकोले आफू अन्याय माथि झन् अ’न्यायमा परेको ताराले जनआस्थालाई बताए ।अहिले उनी श्रीमतीसँग डिभो’र्स गर्ने निर्णयमा त पुगेका छन् तर स’म्बन्ध बि’च्छेद गर्दा गति छाडेर अंश मागिदिइ र दिनुपर्‍यो भने अलिअलि भएको सम्पत्ति पनि रित्तिएर छोराछोरीको बिजोग हुन्छ कि भन्ने पिरलोले तारालाई सताएको छ । सुवेदी परिवारले पैसा दिएर घट’ना सामसुम पार्न खोजे पनि स्वाभिमान बेचेर होइन, इज्जत जोगाएर बाँच्ने उनको चाहना छ ।

सन्जयले भने ताराकी पत्नी र आफूबीच कुनै अ’नैतिक सम्बन्ध नरहेको र टाइमपास मात्र गरेको दाबी गरेका छन् । हेण्डसम, पैसोवाल अनि उदारजस्ता देखिने स्वभावका सन्जय बेलबारीको समाजले चिन्ने समाजसेवी त हुँदै हुन्, कराँते खेलका अभियन्ता पनि हुन् । सितारियो कराँते संघ बेलबारीका अध्यक्षसमेत रहेका सुवेदी नेतृत्वको संस्थाले केही महिनाअघि नेपाल र भारतसहित ६ वटा राष्ट्रका खेलाडी सहभागी गराएर अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराँते प्रतियोगितासमेत आयोजना गरेको थियो तर खासगरी भारतीय खेलाडीहरुबाट गुपचुपमा पैसा उठाएको सार्वजनिक भएपछि सो प्रतियोगिता बि’वादमा परेको थियो । ६ महिनाअघि भएको सो प्रतियोगिताको हरहिसाब अझै सार्वजनिक गरिएको छैन ।

सन्जयको एउटै बानी खराब छ, त्यो हो पैसा लगेपछि नफर्काउने र सर्त गरेको कारोबारको काम नगरी बर्षौंसम्म अल्लार्ने । बिदेश गएका गाउँघरका भाइहरुलाई एउटा मोबाइल पठाइदेउ, आएपछि पैसा दिन्छु भनेर लिएको मोबाइलको भुक्तानी नदिएको होस् वा उनीहरूबाट नै केही समयको लागि भनेर लिएको पैसा नतिरेका पेण्डिङ उदाहरण निकैवटा छन् । प्लटिङ गरेको जग्गा बेच्ने क्रममा अधिकांश पैसा लिएर पनि दुई चार बर्षसम्म अल्लार्नु त उनको धन्दाजस्तै भएको छ । त्यसैले सन्जय बेलबारीमा स्मार्ट ठगको रूपमा परिचित छन् । सर्वसाधारणको त कुरै छाडौं, प्लटिङको जग्गा किन्ने हुँदा सुवेदीबाट प्रहरीका प्रशासकदेखि मिडियाकर्मीसम्म ठगिएका छन् ।स्मरण रहोस् मोरङ बेलबारीकै माया सार्कीलाई २०७० मा मोसो दलेको घ’टनामा पनि सन्जय अभियुक्त थिए । जातिय छुवा’छुत जनआस्थामोसो दलेको काण्डमा जिल्ला अदालतमा मु’द्दा खेपेका उनी २५ हजार रुपैयाँ धरौटी तिरेर छुटेका थिए ।





Related Articles

Back to top button
Close