Monday, January 18

नेपालमा पनि भित्रियो नयाँ कोरोनाभाइरस ! ७ जनाको नमूना हङकङ पठाइँदै

January 1, 2021 82

काठमाडौं । बेलायतवाट आएकाहरुमा कोरोना देखिए पछि त्यो कोरोना कस्तो हो भन्ने परिक्षण थालिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति भित्रिएको हो वा होइन भन्ने निश्चय गर्न बेलायतवाट आएकाहरुको नमुना संकलन गरेको छ ।

नेपालमा कोरोनाको प्रजाती परिक्षण गर्ने प्रविधि नभएका कारण कोरोना पोजेटिभ देखिएका ७ जनाको नमूना जिन सिक्वेन्सिङका लागि हङकङ पठाउने तयारी गरिएको छ । बेलायतमा कोरोनाको नयाँ प्रजाती फेला परेको छ । कोरोनाको नयाँ प्रजातिले आक्रान्त पारेको वेलायतवाट आएका नेपालीहरुमा पनि कोरोना देखिएको हो । तर उनीहरुमा देखिएको कोरोना कुन प्रजातिको हो भन्ने खुलेको छैन ।

बेलायतबाट नेपाल आएका कोरोना पोजेटिभ देखिएका ७ जना व्यक्तिको नमूना जिन सिक्वेन्सिङका लागि हङकङ पठाउन प्याकिङ गरिसकिएको र कुरियर गरेर पठाउन लागिएको हो । बेलायतमा नयाँ प्रजातिको कोरोना फैलिएपछि सरकारले बेलायत वा सो मुलुक भएर आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

पुस १ देखि ७ गतेसम्म बेलायत अथवा त्यहाँको बाटो हुँदै नेपाल प्रवेश गर्ने नागरिकलाई १० दिन होटल क्वारेन्टाइनमा बस्न अनुरोध गरेको थियो । बेलायतबाट नेपाल आएसँगै उच्च ज्वरो आएका पाँच जनाको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

पछिल्लो समय बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना ७० गुणा बढी संक्रामक भएको बताइएको छ । बेलायतबाट नेपाल आएका ७ जनामा नयाँ कोरोना भएको आशंका गरिएको छ । बिहीबार बेलायतबाटै आएका थप दुई जनाको पनि पीसीआर पोजेटिभ देखिएपछि ७ जनाको नमूना पठाउन लागिएको हो ।

प्रतिकृया दिनुहोस्