News

बर्दियाबाट भारत फर्केका २ मजदूरमा काेराेना संक्रमण पुष्टि

गुलरिया, १३ बैशाख । बर्दिया जिल्लाकाे काेठियाघाटस्थित क्रसरमा काम गरेर स्वदेश फर्केका दुई जना भारतीय नागरिकमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

भारतकाे बहराईच जिल्ला नानपारा जनपद निवासी २ मजदूरमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । काेठियाघाट क्रसरमा काम गरिरहेका उनिहरू गत बैशाख ५ गते गृहजिल्ला बहराईच गएका थिए ।

त्यहाँस्थित अस्पतालमा उनीहरूकाे परीक्षण गर्दा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे हाे । नेपालमा कार्यरत उनीहरू घर फर्किएपछि काेराेना पुष्टि भएकाे त्यहाँकाे पुलिस अधिक्षककाे कार्यालयले जनाएकाे छ ।

भारतीय प्रहरी कार्यालयले बर्दिया जिल्ला प्रहरीलाई पत्र लेख्दै नेपालबाट भारत गएका दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी गराएकाे हाे ।

यसैबीच उनीहरूले काम गरेकाे काेठियाघाट क्षेत्रमा प्रहरी सुरक्षा बढाइएकाे । त्यस क्षेत्रका अन्य ब्यक्तिहरू पहिचान गरी चेकजाँचकाे ब्यवस्था समेत मिलाइएकाे जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयाे ।

प्रजिअ लामिछानेले उनीहरू भारत पुगेकाले यताबाट काेराेना संक्रमित भएरै गएकाे हाे कि उतै संक्रमण भएकाे हाे, त्यस बारेमा काेठियाघाटमा अरूकाे परीक्षणपछि मात्र थाहा हुने बताउनुभयाे ।

Related Articles

Back to top button
Close