News

चीनले कोरोनाबाट मृत्यु भएकाको बास्तविक संख्या सार्वजनिक नगरेको आरोप

काठमाडौं – चीनले कोरोना भाइरसले मृत्यु भएका मानिसहरुको संख्या संसोधन गरे पनि त्यसमा समेत सत्यता नरहेको अमेरिका तथा युरोपेली अधिकारीहरुले दावी गरेका छन् ।

चीनले संसोधन गर्दै मृतकको संख्या ४ हजार ६ सय पुर्‍याए पनि त्यो संख्या पनि अझै वास्तविक भन्दा कम भएको अमेरिका तथा युरोपका सुरक्षा अधिकारीले आरोप लगाएका छन् ।

चीनले पछिल्लो समय कोभिड १९ बाट निधन हुनेको संख्या दैनिक रुपमा अति कम रहेको आधिकारिक तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

पछिल्लो केही दिनयता त आफ्नो मुलुकमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको चीनले जनाएको छ । तर चीनको सूचना प्रणाली पारदर्शी नरहेकाले त्यसमा विश्वास गर्ने आधार नरहेको भन्दै सुरक्षा अधिकारीले चिन्ता जनाएका छन् ।

अप्रिल १७ मा कोरोना भाइरसको उद्गम थलो चीनको वुहान शहरमा कोरोना भाइरसले मृत्यु भएकाको संख्या अध्यावधिक गरिएको थियो ।

तथ्यांक अध्यावधिक गर्दा सो दिन मृत्यु हुनेको संख्यामा १२ सय ९० थपिएका थिए । अर्थात वुहानमा मृत्यु हुनेको संख्या ५० प्रतिशतले बढाइएको थियो । उक्त अद्यावधिक संख्यासँगै चीनमा अहिलेसम्म ४ हजार ६३२ जनाको मृत्यु भएको जनाइएको छ ।

Related Articles

Back to top button
Close