News

नेपालका १२ जिल्ला कोरोनाबाट प्रभावित, हेर्नुस् कुन जिल्लामा कति संक्रमित

काठमाडौं / नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ । संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ ।

प्रदेश १ का उदयपुर, भोजपुर र झापा, प्रदेश २ का सर्लाही, पर्सा, रौतहट, बाग्मती प्रदेशका काठमाडौं, चितवन र धादिङ, गण्डकी प्रदेशको बागलुङ, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर प्रभावित भएका छन् ।

त्यस्तै प्रदेश १ को उदयपुरमा पहिलो पटक देखा परेको कोरोना संक्रमण, थप दुई जिल्लामा पनि देखिएको छ । हिजो भोजपुर र आज झापामा संक्रमित पुष्टि भएको हो । उदयपुरमा २८ जना रहेकामा भोजपुर र झापा एक÷एक गरी अव प्रदेशमा ३० जना पुगेको छ । देशभारमा आजसम्ममा ४९ संक्रमित पुगेका छन् । जसमा ७ जना उपचारबाट निको भइ फर्किएका छन् ।

आजसम्म प्रदेशमा पीसीआर विधिबाट जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ । जसमा २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन् । उनीहरुमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिर्पोट नेगेटिभ आएको छ ।

द्रुत परीक्षण विधि (आरडिटी) बाट जम्मा ४ हजार १ सय ६० जनाको नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६ सय ७६ महिला र ३ हजार ८ सय ८४ जना पुरुष छन् । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल १ हजार १ सय ६३ जना पुगेको छ । ४३ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् ।


होम क्वारेन्टाइनमा जम्मा ५ हजार ३ सय ८७ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ९ सय ३ र पुरुष ४ हजार ४ सय ८४ जना रहेका छन् ।

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाअन्तर्गतका समितिले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन, दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति गरी तीनवटा समितिको शुक्रबार बैठक बस्यो । नेपाल सरकारले बन्दाबन्दी (लकडाउन) गरेदेखि पहिलो पटक भौतिक रूपमा समितिका बैठक बसेका हुन् । यसअघि अनौपचारिक रूपमा भर्चुअल बैठक बसे पनि शुक्रबार भने औपचारिक रूपमै समितिका बैठक बसेका हुन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सरकारलाई कोरोना सङ्क्रमित क्षेत्र, सङ्क्रमण जोखिमपूर्ण क्षेत्र, सङ्क्रमण नरहेको क्षेत्र वर्गीकरण गरी आंशिक र पूर्ण लकडाउन गर्न सुझाव दिएको छ । बैठकले शहरी क्षेत्र, ग्रामीण क्षेत्र, साना ठूला उद्योग सञ्चालित क्षेत्रसमेतको स्थान वर्गीकरण गरी आंशिक तथा पूर्ण लकडाउन गर्ने गरी छनोट नीति अवलम्बन गर्नसमेत सुझाव दिएको हो ।

कृषि बाली लगाउने, बाली उठाउने, तरकारी लगायत कृषि उत्पादनहरू कृषकबाट सङ्कलन, ढुवानी, वितरणको व्यवस्थापन प्रणाली सहज र प्रभावकारी बनाउन सरकार स्वयं वा निजी तथा सरकारी क्षेत्रबाट प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने सुझाव पनि दिएको छ । यसैगरी दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना महामारी कम हुने आवश्यक स्वास्थ्य सामग्री सबै ठाउँमा सहज रूपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् ।

Related Articles

Back to top button
Close