News

आन्तरिक र अन्तर्राष्‍ट्रिय उडान जेठ २ सम्म स्थगित गर्ने निर्णय

१३ बैशाख २०७७, शनिबार काठमाडौं । सरकारले आन्तरिक र अन्र्तराष्ट्रिय हवाई उडान जेठ २ गतेसम्म रोक्ने निर्णय गरेको छ । शनिबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय लिएको हो। यसअघि बैशाख १८ सम्म अन्र्तराष्ट्रिय र आन्तरिक उडान बन्‍द गरिएको थियो ।कोरोना संक्रमण रोकथामका लागि उडान रोक्ने निर्णय भएको उनले बताए ।

बैठकमा लकडाउन अवधि थप्नेबारे आगामी मन्त्रिपरिषद् बैठकमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए । बैठकमा अहिलेसम्म भएका कामको समीक्षा गरिएको समेत सचिव नारायण प्रसाद विडारीले जानकारी दिए ।

Related Articles

Back to top button
Close