Sunday, January 17

घाँटीको दुखाई र टन्सिल भएर हैरान हुनुहुन्छ ? कतै क्यान्सर त भएको छैन ? कसरी थाहा पाउने ? समाधान के ?

January 1, 2021 75

काठमाडौं । तपाई हामी धेरैमा टनसिल साझा समस्या जस्तै बनेको छ । जिब्रोको भित्री भाग तथा गलाको माथिल्लो सतहमा दुई गाँठा हुन्छन्, जसलाई बोलीचालीको भाषामा टनसिल भनिन्छ । यो संवेदनशील अंग प्रायः चिसोले सुन्निने गर्छ । तसर्थ, टनसिलको समस्या प्रायः चिसो मौसममा देखिने गर्छ ।

टनसिल सुन्निएको अवस्थामा खानपिनमा समस्या हुने मात्र होइन, दुखाईले थुक निल्न पनि कठिन हुने गर्छ । जसले गर्दा हामीलाई स्वास्थ्यमा समस्या हुने गर्दछ ।
टनसिल भएमा घाँटीमा खसखस हुने, खाना, र्याल, रस, थुकसमेत निल्न गाह्रो हुने र बोल्दा कठिनाइ अनुभव हुने गर्दछ । यस्तो लक्षण देखिएमा यसप्रति सावधानी अपनाउने तथा उपचार गर्नुपर्दछ ।

 

प्रतिकृया दिनुहोस्