News

यी हुन् स्पेनिस फ्’लू र को’रोना म’हामारीलाई जित्ने १०६ वर्षीया वृद्धा

रोम : को’रोना भाइरसको म’हामारीबाट संसारभर मृ’त्यु हुनेको संख्या झण्डै २ लाख पुगेको छ ।डढेलो झैँ फैलिएको को’रोना भाइरसबाट २७ लाख ५० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । यो घा’तक भाइरसबाट ७ लाख ७० हजार भन्दा धेरैले उ’न्मुक्ति पाए । तिनै भाग्यमानीमध्ये एक हुन् स्पेनकी महिला आना देल भल्ले ।आनाको जीवनमा एक रो’चक संयोग मिलेको छ । १०६ वर्षीया यी महिलाले को’रोना मात्रै हैन यससँग मिल्दोजुल्दो स्पे’निस फ्लू’लाई पनि जितेकी थिइन् । स्पेनको अंग्रेजी पत्रिका ‘द ओलिभ प्रेस’ले यसबारे समाचार तयार पारेको छ ।

१९१८ मा स्पे’निस फ्लू’को म’हामारी फैलिरहँदा आना ५ वर्षीया बालिका थिइन् । उनलाई पनि स्पे’निस फ्लू’को संक्रमणले समायो । तर केही समयपछि नि’को पनि भयो । १९१८ को जनवरीमा सुरु भएको स्पे’निस फ्लू’को संक्रमण ३६ महिनापछि, अर्थात् १९२० डिसेम्बरमा मात्रै अन्त्य भएको थियो ।हालको को’रोना म’हामारी भन्दा पनि धेरै स्पे’निस फ्लू’बाट ५ करोड मानिस संक्रमित भएका थिए । जुन संख्या तत्कालिन विश्वको एक तिहाइ जनसंख्या थियो । हाल १०२ वर्षपछि उनै आनालाई को’रोनाभाइरसको संक्रमण लाग्यो ।

तर सं’योगवश उनले यो म’हामारीलाई पनि जितिन् । मिडिया रिपोर्टका अनुसार आना अल्काला देल भल्लेमा रहँदैआएकी छन् । जहाँ उनीसहित ६१ जना बासिन्दा कोरोना संक्रमित भएका थिए । संक्रमित भएपछि आनालाई ला लिनियास्थित अस्पतालमा भर्ना गरिएको थियो । केही दिनअघि मात्रै उनी उपचारपछि घर फर्किसकेकी छन् ।आना १९१३ को अक्टोबरमा जन्मिएकी थिइन् । अबको ६ महिना भन्दा पनि छोटो समयपछि उनी १०७ वर्ष पुग्नेछिन् । यससँगै स्पेनमा को’रोना भाइरसलाई जित्ने सबैभन्दा जेष्ठ नागरिक आना नै हुन् ।

र कोरोना भाइरसबाट मु’क्ति पाउने संसारभर सबैभन्दा बढी उमेरका मध्ये उनी एक हुन् ।उनी वाहेक १०७ वर्षीय डच नागरिक कर्नेलिया रासले पनि को’रोनाभाइरसलाई जितेकी छन् । यस्तै १०१ वर्षका दुई महिलाको पनि को’रोना भाइरसबाट उपचार सम्भव भएको छ । स्पेनमा को’रोना भाइरसका कारण मृ’त्यु हुनेको संख्या २२ हजार भन्दा धेरैको मृ’त्यु भइसकेको छ । यस्तै २ लाख १९ हजार भन्दा धेरै संक्रमित छन् ।

Related Articles

Back to top button
Close