Video

कोरोनाको चपेटामा ६ महिने शिशु : यसकारण यी बेबीको तस्वीर अत्याधिक सेयर [भिडियोसहित]

एजेन्सी । मुटु सम्बन्धी समस्या झेलिरहेकी एकजना बेलायती ६ महिने शिशुलाई कोरोना संक्रमण भएको छ । अस्पतालमा उपचारार्थ ती शिशुको बेडमा पल्टिरहेको तस्वीर अहिले इन्टरनेटमा भाइरल भएको छ । डेली मेलमा प्रकाशित एउटा रिपोर्ट अनुसार एरिन बेट्स नामकी ती शिशुलाई मुटु सम्बन्धि समस्याका कारण अस्पतालमा भर्ना गरिएको थियो । उनको गत २०१९ डिसेम्बरमा ओपन हार्ट सर्जरी गरिएको थियो ।

एरिन मेनचेस्टर सिटीको एउटा परिवारमा जन्मेकी थिइन् । गत शुक्रबार एरिनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको लिभरपुल स्थित एउटा अस्पतालमा भेन्टिलेटरका राखेर उपचार भइरहेको छ । निकै कम उमेरमा ओपन हार्ट सर्जरी सफल भएकोले उनलार्इ ‘मिराकल बेबी’ भन्न थालिएको थियो । एरिनका आमाबुबाले भने कोरोना भाइरस अत्यन्तै खतरनाक रहेको भन्दै सबैलाई सावधान हुन आग्रह गरेका छन् । उनीहरूले भावुक हुँदै सबैलाई सरकारी नियमहरूको परिपालना गर्न आग्रह गरेका छन् ।

Related Articles

Back to top button
Close