पूर्व युवराज पारससंग नजिकको सम्बन्ध रहेको भनिएकी युट्युवर सोनिका रोकाय फेरी एक पटक राजसंस्थाको पक्षमा खरो उत्रिएकी छन् । उनी कोरोनाको जोखिम सुरु भएसंगै आफ्नो गृहजिल्ला बझागं पुगेकी छन् । पछिल्लो पटक पूर्व युवराज पारस शाहसंग सम्बन्ध विग्रिएको भनिएकी सोनिकाले त्यो भनाईलाई गलत सावित गरिदिएकी छन् ।पारस विरामी भएको समाचार सार्वजनिक भएपछि निकै भावुक भएकी सोनिकाले फेरी एक पटक राजनीति कुरा गरेकी छन् ।
उनले पारसका बारेमा निकै बखान गरेकी छन् । उनले राजतन्त्र नै सकिएपछि उनका बारेमा नकारात्मक कुरा नगर्न आग्रह गरेकी छन् । उनले पारसलाई बुझ्न सबैसंग आग्रह गरेकी छन् ।
उनले भनेकी छन्, ‘उहाँ पागल भएको मैले आफ्नै आँखाले देखेकी छु । त्यत्रो राजसंस्था जाँदा उनमा के बितेको थियो होला ? कुनै मानिस प्रेममा धोका खाँदा त कति दुखी हुन्छ भने त्यती धेरै वर्ष राज गरेको राजतन्त्र जाँदा कस्तो भयो होला ? तर त्यो भावना कसैले बुझेन ।’ भिडियो हेर्नुस्
प्रतिकृया दिनुहोस्