News

आफ्नै गोत्रको केटासँग बिहे गरेको भन्दै, पा’पी आफन्त भनौदाहरुले यसरी गरे ह’त्या !

भारतको दिल्ली नजिकै २५ वर्षीया युवतीलाई आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै परिवारले नै ह’त्या गरेका छन् । परिवारका सदस्यहरुले नै ती युवतीको ह’त्या गरी फा’लिदिएको घ’टना सार्वजनिक भएको छ । पूर्वी दिल्लीबाट कारमा उनको मृ’त शरीर राखेर गत जनवरी ३० मा यूपीको सिकन्द्राबादस्थित क्यानलमा फ्याँ’किएको थियो । शीतल चौधरी नामकी युवतीलाई उनकै अभिभावक र अंकलहरु मिलेर ह’त्या गरी फालेको समाचार भारतीय मिडियाले सार्वजनिक गरेका छन् । घ’टना सार्वजनिक भएपछि प्रहरीले ती युवतीको परिवारका सदस्य सञ्जय र ओम प्रकाश, अंकलका दुई छोरा अंकित र प्रवेशलाई प’क्राउ गरेको छ ।

उनीहरुले शीतल चौधरीलाई अ’पहरणपछि ह’त्या गरेको दिल्ली प्रहरीको आ’रोप छ । शीतलका श्रीमान अंकित भाटीले मु’द्दा दा’यर गरेपछि प्रहरीले घ’टनामा चासो देखाएको हो। प्रहरीका अनुसार उनीहरुले गत अक्टोबरमा परिवारको अनुपस्थितिमा गोप्य रुपमा विवाह गरेका थिए । साथै परिवारभन्दा टाढा रहँदै आएका थिए ।

चौधरी र भाटी दुबैका परिवार डेरी व्यवसाय चलाउँदैआएका छन् । साथै उनीहरु छिमेकी पनि हुन् । पछिल्लो तीन वर्षयता उनीहरु ‘डेटिङ’ गर्दैआएका थिए । चौधरीको ह’त्यापछि परिवारका ६ जना मिलेर गाडीमा श’व राखी सिकन्द्राबादमा लगेर फा’लेको प्रहरीको भनाइ छ ।

Related Articles

Back to top button
Close