Monday, January 18

बुढेसकालको साहारा छोरा साथी भेट्न हिडेका पंकज सदाको लागि अस्ताए, घ’टना अझै रह’स्यपू’र्ण

January 1, 2021 68

भीमदत्त नगरपालिका–७ हल्दुखालका पंकजसिंह कार्की साथीलाई भेट्न भन्दै घरबाट हिडे। आफ्नी आमालाई नजिकै पर्ने ऐठपुरमा रहेको साथीलाई भेटेर छिट्टै फर्किने वचन दिएर घरबाट निस्केका उनी साँझ अबेरसम्म फर्किएनन्।

अति नै मिलनसार स्वभावका पंकज आउने बाटो कुरेर बुवा, आमा र भाई राति अबेरसम्म बसिरहे। तर अँह पंकज आउने कुनै छाँटकाट नदेखिएपछि उनीहरुले सोधीखोजी सुरु गरे।

घरको जेठो छोरा सानो भाई भन्दा बुझ्ने स्वभावको भएकाले पनि होला बुवा प्रेम कार्कीले उनी आईहाल्छन् भने आशा गरेका थिए। तर छोरा नफर्किएको कुराले भित्रभित्रै उनलाई पनि चिन्तित बनाइसकेको थियो।

कार्कीले पनि छोरालाई टेलिफोन गरे। फोन लाग्थ्यो तर उठ्दैन्थ्यो। उनीहरुले पंकजको नम्बर डायल गर्दै तारन्तार फोन गरिरहे, घण्टी गइरह्यो तर अँह फोन उठेन। फोन नउठेपछि घरपरिवार मात्र हैन् छरछिमेक, पंकजका साथीभाइहरुले समेत उनलाई सम्पर्क गरे तर पंकजले कसैको फोन उठाएनन्।

पटक पटक गर्दा समेत पंकजको फोन नउठेपछि घरपरिवारका सदस्यहरुका मनमा चिसो पसी सकेको थियो। तर झिनो आशा भने जिवितै थियो।

पुस १२ गते भीमदत्त नगरपालिका–३ को खन्ने खोला नजिकै वेवारिसे शव भेटियो। त्यो श व साथी’को घर जान्छु भनी हिडेका उनै पंकजको भएको प्रहरीले पुष्टि गर्यो।

बुढेसकालको साहारा, घरको जेठो छोराको निकै पीडादायी र अप्रत्यासित मृ’त्यु’को खबर स्वीकार गर्न आमाबुवालाई निकै मुस्किल पर्यो। तर के गर्नू दैवले दिएको चोट नचाहेर पनि अन्ततः कार्कीका परिवारले स्वीकार गर्नैपर्ने भयो।

‘हाम्रो बुढेसकालको साहारा थियो,’ उनका बुवा प्रेम भन्छन्, ‘दैवले हामीलाई ठु’लो चोट दियो। आखिर दैवको चोट सहनैपर्ने रहेछ। जापानको तयारी गर्दै थियो। अब उसको जापान जाने सपना कहिले पूरा होला ?’

घरपरिवारको भनाईमा पंकजको मृ’त्यु रहस्यपूर्ण देखिन्छ। ३÷४ दिनअघि मात्र पुख्र्यौली घर बैतडीबाट फर्किएका उनलाई घरायसी तनाव नभएको बुवा कार्की बताउँछन्। दोस्रो मानिसमाथि शं का गर्ने ठाउँ समेत नरहेको उनले बताए।

को रोना म’हामारीपछि जारी लकडाउनपछि उनी भारतबाट स्वदेश फर्किएका थिए। कञ्चनपुर प्रहरीले भने उनको मृ त्युबारे अनुसन्धान भइरहेको जनाएको छ।

पंकजको बाहिरी देखिने चोट पटक नभएपनि उनको गोजीमा सलफास नाम विषादी भेटिएकाले आ’ ‘त्मा ह’ त्या गरेको हुनसक्ने आ शं का गरिएको छ। तर आ’ त्मा ह ‘त्या ‘को पछाडीको कारणबारे समेत अनुसन्धान गरिन प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्