Monday, January 18

पारसको जन्मदिनमा हिमानी र छोरीले टिकटकमा नाचेको यो भिडियो फेरी भाइरल (भिडियो हेर्नुहोस्)

January 1, 2021 80

पुस १५ गते पूर्व युवराजधिराज पारस शाहको जन्मदिन थियो । यसै सन्दर्भमा पारसकी पत्नि हिमानी र छोरीले नाचेको भिडियो एक पटक फेरि भाइरल भएको छ । ६ महिना अघि अपलोड गरीएको उक्त भिडियो अहिले फेरि भाइरल भएको हो ।

हुन त पारसको जन्मदिनको खासै चर्चा पनि भएन । उनको जन्मदिन मानिसहरुले थाहै पाएनन् । नेपालमा राजतन्त्र पुर्नस्थापना भन्दै भएका आन्दोलनमा पनि पारसको विकल्प उनको छोरा हृदयेन्द्रलाई दिइएको देखिन्छ ।

मुलुकबाट राजतन्त्र हटेको पनि झण्डै डेढ दशक भएको छ । पूर्व युवराज राम रमाइलोमा बाँचिरहेका छन्। प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदम पछि राजतन्त्र पक्षधरहरूले विभिन्न कार्यक्रम र प्रदर्शनहरूको आयोजना गरिरहेका छन् ।

उनकी पत्नि हिमानी शाह समाजसेवामा ब्यस्त छिन् भने छोराछोरीहरु थाइल्याण्डमा बसेर पढाई गरिरहेका छन् । उनीहरु बेला बेलामा टिकटक बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने गर्छन् जुन भाइरल हुने गरेको छ । तस्वीर हिमानी शाहको फेसबुक पेजबाट लिइएको हो भने भिडियो टिकटकको युट्युव च्यानलबाट लिइएको हो ।

 

प्रतिकृया दिनुहोस्