News

उपचारपछि निको भई फर्केका व्यक्तिमा पनि सङ्क्रमण दोहोरिने सम्भावना हुनसक्छ : डब्लुएचओ

जेनेवा, १३ वैशाख। कोरोनाभाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्रमण हुँदैन भन्ने निश्चित नरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) शनिबार चेतावनी दिएको छ । उनीहरूलाई पुनः सङ्क्रमण नहुने कुराको सुनिश्चितता हुँदैन ।

डब्लुएचओको चेतावनीको अर्थ यो हो कि सङ्क्रमणबाट निको हुनु भनेको सङ्क्रमणबाट स्वस्थ भएपछि पुनः यो दोहोरिने आधारहरू छैनन् अर्थात् यो नै कोभिड–१९ सङ्क्रमण ‘प्रतिरोधको प्रमाणपत्र’ होइन ।

डब्लुएचओले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९बाट निको भएको वा रोग प्रतिरोधी औषधिको प्रयोग गरेको व्यक्ति दोस्रो सङ्क्रमणबाट सुरक्षित छ भन्ने अहिलेसम्म त्यस्तो कुनै तथ्य भेटिएको छैन ।”

राष्ट्रपतिले प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि कानुन मन्त्रीद्धारा राजीनामा

ब्राजिलका कानुन मन्त्री सेर्गियो मोरोले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति जैर बोल्सोनारोले केन्द्रिय प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि त्यसप्रति असन्तुष्टि जनाउदै कानुन मन्त्रीले राजीनामा दिनुभएको हो ।

कानुन मन्त्री मोरो पुर्व केन्द्रीय न्यायाधिश पनि हुनुहुन्छ । उहाँ भ्रष्टाचार विरोधी प्रभावशाली व्यक्तिका रुपमा पनि परिचित हुनुहुन्छ । राष्ट्रपति बोल्सोनारोले राजनीतिक निरंकुशता बढाउदै लगेको र प्रहरी प्रमुखलाई बर्खास्त गरेको भन्दै उहाँले असन्तुष्टि जनाउनु भएको बताइएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेका बेला ब्राजिलमा राजनीतिक सङ्कट पनि बढ्ने देखिएको छ ।राष्ट्रपति बोल्सोनारोले यसअघि गत हप्ता तत्कालिन स्वास्थ्य मन्त्री लुइज हेनरिक मन्डेट्टालाई पनि बर्खास्त गर्नुभएको थियो ।

कोनोरा भाइरसको संक्रमण नियन्त्रणका लागि अपनाउने उपायका बारेमा आफ्नोभन्दा फरक मत राखेको भन्दै राष्ट्रपति बोल्सोनारोले तत्कालिन स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्नु भएको हो । रासस÷एएफपी

Related Articles

Back to top button
Close