Wednesday, January 27

‘होण्डा सीबीआर ६०० आर आर’ नेपाली बजारमा, मूल्य कति ?

January 1, 2021 65

काठमाडौं- नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लिले होण्डा सीबीआर ६०० आर आर नेपाली बजारमा भित्र्याएको छ ।

स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको लुक्स् र फिचरहरुले सबैलाई पक्कै पनि आकर्षित गर्नेछ ।
४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको यस सिबिआर ६०० आर आरमा ५९९ सीसीको इञ्जिन क्षमता रहेको छ ।

६६ एनएमटर्क र १२० हर्सपावर रहेको छ ।६ स्पिड गेयरबक्स गरेको यस बाइकको टप स्पिड २५० कि.मि. प्रतिघण्टा रहेको छ । सुपर बाइकहरुको भिड एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य रु. ३४ लाख ५० हजार निर्धारण गरिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्