क्वालालम्पुर मलेसियाअवैधानिकरुपलेबसेकानेपालीकामदारहरुलाईस्वदेशफ्रितिका लागित्यहाँकोसरकारलेआममाफीदिएको छ जस अन्तर्गत दुईवटाकार्यक्रमकोघोषणागरेकोअछवैधानिक नेपाली कामदारलेकितनिश्चितप्रक्रियापूरागरेरमलेसियामैवैधानिकभइकामगर्नसक्नेछन् ।
अर्को चाहिँ सहुलियत दरको जरिबाना तिरेर आफ्नो देश फर्कन सक्नेछन् । घर फर्कन चाहने श्रमिकले पाँच सय रिंगिट तिरेर स्वदेश फर्कन सक्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ यस्तो छ घर फर्कने प्रक्रिया
दूतावासले उपलब्ध लिंकमा गएर पहिला अनलाइन ‘अपोइन्टमेन्ट’ लिनुपर्छ । आफूसँग यात्रा अनुमतिपत्र या पासपोर्ट छ भने सिधै यो अपोइन्टमेन्ट लिन सकिने दूतावासले जनाएको छ ।
नभएको खण्डमा दूतावासमा गएर यात्रा अनुमतिपत्र बनाउनु पर्छ । यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगिट दस्तुर तिर्नुपर्छ ।
त्यसपछि अपोइन्टमेन्टको दिन आवश्यक कागजातहरु लिएर आपोइन्टमेन्ट लिएको अध्यागमन कार्यालय जानुपर्छ । मलेसियन सरकारले तोकेको पाँच सय रिंगिट जरिबाना शुल्क तिरेपछि घर फर्कने चेकआउट मेमो लिन सकिने जनाएको छ ।
नेपाल फर्कनकालागिसाथमाचेकआउटमेमोहवाई टिकट र७२घण्टाभित्रकोकोभिडपीसीआरनेगेटिभरहेको रिपोर्ट अनिवार्य रहेकोदूतावासलेजनाएकोछकोरोनाजाँच गरेको रिपोर्ट र १४ दिनभित्रस्वदेशफर्कनेगरीघरफर्कनकालागिकाटेको टिकटको प्रतिलिपिपनिआवश्यकपर्छजरिबाना बैंककार्डमार्फतपनितिर्नपर्नेछ ।
यसबारेमा थप बुझ्न परेमा मलेसियामा रहेको नेपाली दूतावासको श्रम शाखामा ०३२०२०१८९८, ०३२०२०१८९९ वा ०३२०२०१९०१ मा सम्पर्क गर्न सकिने छ भने दूतावासको हटलाइन नम्बर ०१६२४७२७७७ पनि सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।
प्रतिकृया दिनुहोस्