News

तिलगंगा अस्पताल अगाडी कार दुर्घटना, ड्युटीमा खटिएकी प्रहरीको खुट्टा फ्र्याक्चर

काठमाडौं, १३ बैशाख । लकडाउनका बेला पनि उपत्यकामा दैनिकजसो सडक दुर्घटना हुने गरेका छन् । यसैबीच शनिबार पनि तिलगंगा आँखा अस्पताल नजिकै कार दुर्घटना भएको छ ।

कारको ठक्करबाट ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवान घाइते भएकी छिन् । शनिबार साँझ बा २१ च८५३० नम्बरको कारले ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवान राधा चन्दलाई ठक्कर दिएको हो ।

चन्दको उपचारका लागि ग्वार्कोस्थित बिएण्डबी अस्पताल पठाइएको डिएसपी प्रदिप कुमार सिंहले जानकारी दिए ।

डिएसपी सिंहका अनुसार उनको खुट्टा फ्र्याक्चर भएको छ । प्रहरीले कार चालक विक्रम राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button
Close