News

साउदीमै अस्तायाे सपना

काठमाडाैं, १३ वैशाख : बुढेसकालमा सुखकाे दिन आउँला भनेर कुरेर बसीन हरिमति थापा तर त्याे दिन कहिल्यै आएन । उनी अहिले ७२ वर्षकाे भइन् । केही समय अघि छाेडेर गएका महाबीर थापाकाे याद आइरहन्छ उनलाई । जीवन साथी गुमाएपछि उनकाे जीवनकाे एउटा पाटाे नै अँध्याराे भएकाे जस्ताे लाग्छ । उनकै सम्झना थिए सन्तानहरु । त्यही सम्झनाकाे एउटा चिनाे दैवले खाेसेपछि उनी यतिबेला थप पीडमा छिन् । निकै ठूलाे शाे’कमा छिन् । चार छाेराहरुलाई जन्म दिएकी हरिमतिले जीवनकाे उत्तरार्द्धतिर माइलाे छाेरालाई पनि आफूबाट खाेसिएकाे पत्तै पाइनन् । यतिबेला भावविहील छिन् उनी । डाकाे छाेडेर रुँदारुँदा आँशु रित्तिएका छन् । गलाअवरुद्ध भएकाे छ । प्रदेशी छाेराकाे खबरले अत्तालीएकी छिन् उनी ।

सासुकाे भन्दापनि कन्तिविजाेग भएकाे छैन् बेलमती थापालाई । उनी भर्खरै ४२ भएर ४३ वर्षतिर लागेकी छिन् । उमेर अनुसार जीवनलाई सार्थक बनाउन श्रीमानकाे दरिलाे साथकाे खाँचाे थियाे । तर यहीँबेलामा दु:खका पहाड थाम्ने साथ गुमाएकाे खबर पाइन् उनले । जिन्दगीका सुख, दु:ख सँगै झेल्ने अठाेट गरेका श्रीमानलाई अब कहिल्यै नदेख्ने भएपछि अचेत बनाएकाे छ उनलाई । अप्रत्यासित खबरले बेहाेस छिन् उनी । भाग्यमा लागेकाे ग्रहणले उनकाे अनुहारकाे रंग उडाइदिएकाे छ । अभावहरुलाई छिचाेल्ने सहारा बाँकी छैन अब उनकाे । गरिबीलाई लखेट्न हिडेका श्रीमान यति छिट्टै आफूलाई छाेडेर जान्छन् जस्ताे लागेकाे थिएन उनलाई । याे उमेरमा नै सिन्दुर पुछियाे । अब केही हुन्छ कि भन्ने आश पलाएकै बेला आइलाग्याे यति ठूलाे बज्रपात । यस्ताे उमेरमा सहारा गुमाएकी उनले आफ्नै बाँकी जिन्दगी र सन्तानकाे भविष्य साेच्नै सकेकी छैनन् ।

बुवाकाे खबर पाएपछि जिन्दगीकाे सारा सपना चकनाचुर भएकाे छ सुनिताकाे पनि । बुवाकाे सपना पूरा गर्न नपाउँदै यस्ताे खबर सुनेपछि छाङ्गाबाट खसेजस्तै भइन् उनी । सुनिता भर्खरै विविएस तेस्राे वर्षमा अध्यययन गरिरहेकी छिन् । जेठी छाेरी मीनाकाे पनि हालत उस्तै छ । आफू नपढेर निकै दु:ख पाएकाे महशुस गरेपछि दुई सन्तान मीना र सुनितालाई सकेकाे पढाए प्रेमले । तर छाेरीहरुकाे प्रगति देख्न नपाएरै संसारबाट विदा भए ।

खेतीपाती गरेर वर्षभरि खानलाउन नपुग्ने भएपछि श्रीमानलाई देश छाेडेर नजाउ भन्न सक्ने अवस्था थिएन बेलमतीकाे । हातमुख जाेह गर्नकै लागि गहभरी आँशु पारेर छाेड्नै पर्थ्याे घरपरिवार र पुग्नै पर्थ्याे विरानाे मुलुकसम्म प्रेमलाई । त्यहीँ गरेका थिए उनले । प्रशस्त जग्गाजमीन नहुँदा पसिना, सीप, जागर र उर्जालाई बगाइरहे अर्काकाे देशमा । घरपरिवारकाे माया, प्रेम र स्नेहले मात्रै चल्दैनथ्याे जिन्दगी । यहीँ बुझेर प्रेमले आफ्नाे श्रम र पसिना अर्काकै देशमा भए पनि खर्चिने विचार गरे ।

विपन्न परिवार खानलाउन पुग्दैनथ्याे । त्यहीँ कारणले पढ्न, लेख्न पाएनन् । पढाइलेखाइ नभएपछि देशमै बसेर स्वराेजगार बन्ने कुनै अवसर जुरेन । घरकाे आर्थिक अवस्था कमजाेर भएपछि १९ वर्षकै कलीलाे उमेरमा भारततिर हानिए । उनी काम खाेज्दै त्यहाँका विभिन्न गल्लीगल्लीमा भाैतारिए भाेकाे पेट र नाङ्गा खुट्टाले धेरै थेगेन । अन्तताेगत्वा दिल्ली पुगेर १० वर्ष पसिना बगाए । तर, त्यहाँ यतिका वर्ष बसेर पनि भनेकाे जस्ताे तलब सुविधा पाएनन् घरपरिवारकाे समस्या धान्नै कठिन भयाे । घरकाे आर्थिक अवस्था सुधार्ने अर्काे कुनै विकल्प नभएपछि उनी तेस्राे मुलक खाडीकाे गन्तव्य तय गर्न वाध्य भए ।

दिल्लीमा १० वर्ष विताएका प्रेमसिंह थापाले साउदीमा १३ वर्ष आफूलाई घाेटे । उपलब्धि भनेकाे दुईओटा छाेरीहरुलाई शिक्षादिक्षा दिए । कान्छी छाेरीलाई विविएस तेस्राे वर्षसम्म पढाइरहेका थिए । जेठी छाेरीकाे विवाहसम्म गरिदिए । अबकाे जिन्दगीलाई रगड्नु भन्दा विश्राम गर्ने विचारमा थिए । आफ्नै देशमा आएर आरामले बिताउने साेचेका थिए । केही जग्गाजमीन थपेर घर बनाउने साेचमा थिए । सुखकाे जिन्दगी खाेज्दाखाेज्दै साउदीमा अस्तायाे उनकाे सपना । नलिनु पर्ने समयमा विश्राम लिए, नलिनु पर्ने ठाउँमा आराम लिए उनले । सायद मान्छे जिन्दगी नै यहीँ हाे ! कहाँनिर लाग्छ पूर्णविरा !!

वैदेशिक राेजगारीकाे सिलसिलामा साउदी अरब पुगेका दशरथचन्द नगरपालिका-८, वैतडीका प्रेमसिंह थापाकाे अल्पआयुमै दु:खद नि’धन भएकाे हाे । उनकाे वैशाख ६ गते बेलुका साउदीकाे दम्मान (Damman) मा रहेकाे अलमाना जनरल हस्पिटलमा (Alamana General Hospital, Damman) मा दु:खद नि’धन भएकाे उनका भाइ प्रकाशसिंह थापाले जानकारी दिए । कम्पनीकाे काम गरिरहेकाे बेला अचानक बि’रामी भएका थापालाई अस्पताल पुर्‍याएर उपचार गर्दागर्दै ज्यान गएकाे उनका साथी प्रकाश चन्दले सत्कार पाेष्टलाई बताए । हृदयघा’तका कारण ज्यान गएकाे अस्पतालले जनाएकाे छ । चन्दका अनुसार अहिलेसम्म पनि पाेष्टमार्टम रिपाेर्ट अस्पतालले दिएकाे छैन् । काराेनाका कारण साउदीकाे अवस्था ना’जुक भएकाे उनकाे भनाई छ ।

मृ’तक थापाले साउदीकाे इस्टर्न इन्सुलेसन कम्पनी(Eastern Insulation Company) मा वि‍.सं.२०६४ सालदेखि काम गर्दै आएका थिए । त्याे कम्पनीमा फेरि नजाने गरि घर आउँदै थिए । कम्पनीले पनि ओके गरिसकेकाे थियाे । उनका भाइ प्रकाशले भने, “दाइ अब त्यता नजानेगरी चैत १४ गते नेपाल आउनका लागि टिकट काट्ने याेजनामा हुनुहुन्थ्याे । तर, विश्वभर महामारीकाे रुप लिइरहेकाे काेराेनाका कारण साउदी सरकारले लकडाउनकाे नीति लागू गर्याे । त्यहीबेला यता नेपालमा पनि लकडाउन भयाे । अहिले यस्ताे वि’पद् आइलाग्याे ।” उनले थपे, ‘काेराेना नलागे पनि काेराेनाकै कारणले उहाँकाे ज्यान गयाे, नेपाल आएकाे भए यस्ताे घटना हुने थिएन ।’दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्र थापाले उनकाे दु:खद नि’धनप्रति गहिराे सेम्वेदना प्रकट गर्दै साउदीमा रहेकाे उनकाे श’वलाई नेपाल ल्याउने की उतै दाहासंस्कार गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालय मार्फत प्रक्रिया अगाडी बढाइएकाे बताएका छन् ।

Related Articles

Back to top button
Close