News

विश्वमा कोरोनाका कारण मर्नेको संख्या २ लाख पुग्यो

एजेन्सी
अमेरिका, वैशाख १४

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शनिवार २ लाख पुगेको छ।

यसैगरी रोयटर्समा प्रकाशित समाचारका अनुसार संक्रमित संख्या छिट्टै ३० लाख पुग्ने जनाएको छ। कोरोनाबाट ज्यान गुमाएका मध्ये आधा अमेरिका, इटाली र स्पेनबाट रहेका छन्। कोरोनाका कारण पहिलो मृत्यु जनवरी १० मा चीनको वुहानमा भएको थियो। त्यसपछि ९१ दिनमा त्यो संख्या १ लाख पुगेको थियो भने त्यसको १६ दिनमै २ लाख पुगेको रोयटर्सले जनाएको छ विश्वमा घातकमध्येको एक मानिने मलेरियाबाट पनि वार्षिक ४ लाख मानिसहरूको मृत्यु हुने तथ्यांक छ। कोरोनाका कारण शनिवारसम्म अमेरिकामा ५२ हजार ४ सय जनाको मृत्यु भइसकेको छ भने इटाली, स्पेन र फ्रान्स गरी प्रत्येक राष्ट्रमा त्यो संख्या २० हजारदेखि २६ हजार छ।

कोरोनाबाट सर्वाधिक प्रभावित २० देशमध्ये बेल्जियममा प्रति १० हजार सबैभन्दा धेरै मृत्यु छ। त्यहाँ प्रति १० हजार ६ जनाको कोरोनाबाट ज्यान गएको छ। उसको दाँजो स्पेनमा त्यो ४.९ छ भने अमेरिकामा १.६ रहेको छ। अमेरिकामा प्रमाणित संक्रमणमध्ये ८ प्रतिशत संक्रमण ज्यान लिने किसिमको छ भने स्पेन र इटालीमा १० प्रतिशतको मृत्यु भएको तथ्यांक छ। यसैगरी एसिया र ल्याटिन अमेरिकामा प्रत्येकमा सात-सात हजार जनाको मृत्यु भएको छ भने मध्यपूर्वमा झण्डै ९ हजारको करिब ज्यान गएको छ। यस्तै अफ्रिकामा हालसम्म १३ सय ५० ले कोरोनाबाट ज्यान गुमाएको तथ्यांक छ।

बितेका १० दिनमा कोरोनाका कारण हुने मृत्युमा विश्वभर प्रतिदिन ३-४ प्रतिशतको वृद्धि देखिदैं आइरहेको छ। यध्यपी यो महिनाको सुरुवातदेखि यसमा कमी हुँदै आएको छ।  विश्वमा कोरोनाका कारण मर्नेको संख्या प्राप्त संख्या अहिले भन्दा धेरै भएको अनुमान गरिएको छ किनकी थुप्रै देशले नर्सिङ होम र अस्पताल भन्दा बाहिर भएका मृत्युलाई आफ्नो कोरोना तथ्यांकमा समावेश गरेका छैनन्। पछिल्लो समय गरिएको एक अटोप्सी रिपोर्टले अमेरिकामा पहिले भनिएको समयभन्दा हप्ता दिन अगावै कोरोनाका कारण मानसिहरूको ज्यान जान सुरु भएको प्रमाणित गरेको थियो।

Related Articles

Back to top button
Close