News

बलिउड अभिनेता इरफान खानकाे आमाकाे निधन , भिडियो कलबाट हेरे अन्त्येष्ट्री

बलिउड अभिनेता इरफान खानको आमाको भारतको जयपुरमा निधन भएको छ । ९५ वार्षीय उनको प्राकृतिक निधन भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । इरफान लामो समयदेखि विरामी भएर बिदेशमा उपचाररत छन् । लकडाउनको कारणले आउन नपाएपछि भिडियोकल मार्फत अन्त्येष्ट्री हेरेको बताइएको छ । उनीसँगै पिकुमा काम गरेका फिल्ममेकर सोजित सिरकारले इरफान सँग कुरा गरेको र उनी अत्यन्तै दुखी भएको बताए ।

उनले भने, “इरफान आफु पनि लामो समयदेखि बिरामी छ, आफै जीवन र मरणको दोसाधमा रहेर उपचार गराइरहेको उसलाई झन ठूलो पीडा थपिएको छ । उसको आमाको आत्माको शान्तिको कामना गर्दै उसको स्वास्थ्यलाभको कामना गरौं ।”

Related Articles

Back to top button
Close