Video

टीका सानूको अहिले सम्मको उत्कृष्ट प्रस्तुती(भिडियो)

काठ्माडौं/ प्रत्यक्ष दोहोरी मार्फत आफ्नो अलग्गै पहिचान बनाउन सफल लोकदोहोरी गायिका हुन् – टीका सानु । आँखामा आँखा जुधाएर जस्तालाई त्यस्तै दोहोरी सबाल जवाफ गर्न सक्ने क्षमता नै उनको प्रशंसाको बलियो पक्ष बन्यो । सामाजिक संजालमा उनलाई रुचाउने समर्थकहरुको सङ्ख्या दिनानु दिन बढ्दो छ । युट्युबमा उनका दर्जनौं प्रत्यक्ष दोहोरीहरु सुन्न र हेर्न पाइन्छ ।

औपचारिक रुपमा रेकर्ड भएका गीतहरुको सङ्ख्या पनि दर्जनौं पुगिसकेको छ । इन्द्रेणी कार्यक्रममा सहभागी भएर गरेका धेरै परोपकारी कार्यले उनलाई लोकप्रिय मात्र बनाएन कलाकारका साथै समाजसेवीको रुपमा समेत स्थापित गरिदियो । उनको सरल जीवनशैली, दयालु मन, निस्वार्थी सोच र अरुको दुखमा आफु मर्माहत हुने जस्ता गुणहरुले नै उनी करौडौ दर्शक श्रोताको ढुकढुकी बन्न पुगेकी हुन् ।

इन्द्रेणी कार्यक्रम मार्फत उनले आफ्नो गला र कलाको साहाराले राहत सङ्कलन गरी कैयौं रोगी, बिरामी, असहाय अनि दैबी प्रकोपमा परेका ब्यक्तिहरुलाई पुनर्जीवन दिने काम गरेकी छिन् । जस्तो अप्ठ्यारो स्थितिमा पनि मुस्कुराइरहने उनको बानीलाई इस्वरीय देन नै मान्न सकिन्छ । टिका सानुलाई केवल कलाकार मात्र भनेर सम्बोधन गरियो भने सायद अन्याय पनि हुन सक्छ । उनी कलाकारका साथै एक सच्चा समाजसेवी पनि हुन् ।

टिका सानुको ब्यक्तिगत परिचय

टिका सानु दाङ जिल्ला, तुलसीपुर उ.म.न.पा. वडा नम्बर चार गहतेरामा बाबा मानबहादुर र आमा महिमा बि.क. को कोख बाट जन्मिएकी हुन् । चार दिदी बहिनी मध्य उनी माइली छोरी हुन् । जेठी दिदी सोभा ( गीता ), साइली बहिनी दुर्गा र कान्छी बहिनी गुमा हुन् । उनले गुरुजजिर उच्च मा. वि. रक्षाचौर बाट कक्षा छ सम्म, दिपज्योति नि. मा. वि. बाट सात र आठ, जनश्रम उच्च मा. वि. बाट एस् . एल्. सी. र पुन: गुरुजजिर उच्च मा.वि. बाटै कक्षा एघार सम्मको उच्च शिक्षा हासिल गरेकी छिन् ।

टिका सानुको बाल्यकाल

प्राय: सबैको बाल्यकाल रमणीय वातावरणमा हासी खुसी बितेको हुन्छ । अपसोच टिका सानुको बाल्यकाल भने अभावै अभावमा दु:खद पाराले बित्न पुग्यो । उनका बाल्यकालका अप्ठ्यारा पलहरु भनी साध्य छैनन् र गनी साध्य पनि । उनको परिवारमा बिहान बेलुकाको छाक टार्न समेत धौ धौ हुन्थ्यो । आफ्नो गाउँ भन्दा पर कार्यक्रममा जानु पर्दा भाडा समेत हुन्नथ्यो । आमा रिन माग्न जादा गाउलेले भएर पनि छैन भनिदिन्थे ।

पहिलो सफलता र खुशीको कहानी

त्यति बेला टीका सानु कक्षा तीनमा पढ्दै थिइन् । उनले अध्ययन गर्ने बिद्यालयमा सरसफाई सम्बन्धी गीत प्रतियोगिता थियो । उनलाई जीत र हार भन्दानी गीत गाउने ठूलो रहर थियो । त्यसैले जानी नजानी सरसफाई सम्वन्धी गीत लेखिन् र सहभागी भइन् । उनी सबैभन्दा कान्छी प्रतियोगी पनि थिइन् । सौभाग्यवश उनी तृतीय हुन पुगिन् । यो सफलताले उनलाई नसोचेको खुशी दियो । यो खुशीको असली हकदार उनकी आमा हुनुहुन्थ्यो । एक त छोरी छोरी जन्माएकी भनेर सबै बाट अपहेलित त्यसै माथि अभावै अभावको जिन्दगी, तैपनि छोरीहरुका खुशीका लागि उहाँले न भोक न तिर्खा केही नभनी दिनरात मेहेनत गर्नु हुन्थ्यो ।

आमाले पसिना पुछ्दै छोरीलाई नियाल्नु भयो । छोरीको मुहारको खुशी देखेर मुस्कुराउनु भयो । निधारमा अबिर अनि हातमा पुरस्कार लिएर उभिएकी आफ्नी सानी, लुरी, फुच्ची र प्यारी छोरीलाई देखेर आमा गौरवान्वित हुनुभयो । उनलाई हमेशा यसरी नै अघि बढ्न र मेहेनत गर्न नछोड्नु भनेर आशिर्वाद दिनुभयो । सायद तिनै सच्चा, ममतामयी आमाको आशीर्वादकै कमाल हुनुपर्छ आज टीका सानु सफलताको उच्च शिखरमा पुगिसकेकी छिन् ।

आकाशको जून झारिदिने प्रेमपत्र

त्यतिबेला टीका सानु कक्षा सातमा पढ्दै थिइन् । उनी सङ्गै पढ्ने साथीले उनको धेरै तारिफ गर्दै गजल समेत समाबेश गरी यौटा प्रेम पत्र पठाएका थिए । त्यति सानै उमेरमा पनि उसको आँट र हिम्मत देखेर टीका सानु केही बेर त अचम्ममा परिन अनि यो समय र हाम्रो उमेर प्रेम भन्दानी पढाई तिर ध्यान दिने बेला हो भनेर जवाफ लेखेर पठाइदिइन् । किन कि उनी अरु केटी जस्तै पत्र च्यातिदिने, गाली गर्ने अनि झापड हान्ने खाले थिइनन् । पत्थरको जवाफ फूलले दिनु पर्छ भने झै उनी हरेक नकारात्मक कुरालाई पनि सकारात्मक तरिकाले जवाफ दिने गर्थिन् । त्यसो त उनी अरुको मन दुखाउन अनि अरुको भावनामा ठेस पुग्ने काम गर्न कहिले चाहदिनन् । उनको लागि लेखिएको प्रेमिल गजल यस्तो थियो :

काठमाण्डौको यात्रा

हुन त राजधानी छिरे पछि प्रायः सबैलाई अप्ठ्यारो स्थितिको सामना गर्न परि नै हाल्छ तर पनि टीका सानुको मामलामा भने खासै त्यति असह्य दुख भोग्नु परेन । जस्को कोहि छैन उसको ईश्वर हुन्छ भने झै संयोगबश जसरी टीका सानु जुन लक्ष्यका साथ भर्खर काठमाडौ छिरेकी थिइन् त्यसै गरी धनमाया नेपाली (पछिल्लो समय चर्चामा रहेकी दोहोरी गायिका) पनि त्यही लक्ष्यका साथ भर्खर राजधानी छिरेकी थिइन् । अचानक दुबै जनाको भेट भयो । अन्ततः एक अर्काको दुख सुखमा साथ दिने प्रण गर्दै दुबै साथीहरु यौटै कोठामा बसेर राजधानीमा संघर्ष गर्न थाले । धनमाया नेपाली कै सहयोगले टीका सानुले दोहोरी साझमा पनि काम पाइन् ।

इन्द्रेणीले चिनाएकी कलाकार टिका सानु

अहिलेको सर्वाधिक लोकप्रिय कार्यक्रम इन्द्रेणी नव प्रतिभाका लागि आशालाग्दो प्ल्याटफम बन्न थालेको छ । जसरी न्याय नपाए गोर्खा जानु भन्ने भनाइ थियो त्यसै गरी आज भोलि उदयमान कलाकारले अवसर नपाएमा इन्द्रेणी कार्यक्रममा जानु भन्न थालिएको छ । इन्द्रेणीले चिनाएका कैयौं कलाकारहरु मध्य टीका सानु पनि एक हुन् । प्रत्यक्ष दोहोरी जति गाए पनि टीका सानु भनेर हत्तपत्त कसैले चिन्दैनथे । अहिले सबैको मनमुटुमा बस्न सफल टिका सानुलाई चिनाउने श्रेय पनि इन्द्रेणी कार्यक्रमलाई नै जान्छ ।

टिका सानुलाई तीन वटा कुराले सधै भाबुक बनाउछ । गरिबी, जातिय विभेद र छोरा छोरीमा भेदभाब । यी बिषयमा कसैले फरक व्यबहार गरेमा उनका आँखा छिट्टै रसाउछन् । जब उनी पहिलो पटक इन्द्रेणीको कार्यक्रममा अतिथी कलाकार बनेर सहभागी भएकी थिइन् त्यहाको माहोलले उनलाई धेरै भाबुक बनायो ।

जब कृष्ण कंडेलले आपत बिपतमा परेका असहाय, पीडित र बिरामीहरुको बारेमा बोल्न थाल्नु भयो तब उनले आफ्नो मन थाम्नै सकिनन् त्यो दिन सम्म आफ्नो दु:खलाई ठुलो सम्झने टिकाको मनमा त्यो दिन सबैको दु:ख र अप्ठ्यारोको यथार्थ महसुस भयो । जिन्दगीको लागि गरिएका अपिलहरुले उनलाई आंँशु झार्न वाध्य बनायो । उनीहरुका सामु आफ्नो दु:ख संघर्ष केही जस्तो नि लागेन । त्यो दिन सम्म टिका सानु आफ्नो परिवारका लागि सोच्थिन् भने त्यो दिन देखी सबैका लागि सोच्न पर्दो रैछ भन्ने महसुस गरिन् ।

पिलपिल आंँशु बगाउदै गरेकी टिका सानुको कोमल मन र उदार भावना देखेर कृष्ण कंडेलको मनमा आशाको दियो बल्न थाल्यो । उहाले सम्हाल्दै आउनु भएको परोपकारी काममा हातेमालो गर्ने अर्को दयालु मन थपिएको आभाष भयो उहालाई । अरुको दु:खलाई महसुस गर्न सक्ने र अरुको चोटमा आंँशु बगाउन सक्ने यो कलाकार नै इन्द्रेणीको लागि योग्य सम्झेर इन्द्रेणी समुहको सदस्य बन्न आग्रह गर्नु भयो ।

इन्द्रेणीको आशालाग्दो ती प्रतिभा आज राष्ट्रको गहना बनिसकेकी छिन् । उनले इन्द्रेणीकै आगनमा कैयौ दोहोरीहरु गाइन् । लाखौं करौडौ दर्शक श्रोताको मन जित्दै गइन् । उनले आफुले चर्चा कमाउनकै लागि मात्र गीत गाइनन् इन्द्रेणी समुह सँग सहकार्य गर्दै नेपालका बिभिन्न दुर्गम गाउँ ठाउँ पुगेर राहत सङ्कलन गरी असहाय, बिरामी, दैबीप्रकोप पीडितलाई पुनर्जीवन दिने काम पनि गरिन् ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Articles

Back to top button
Close