एजेन्सी। अधिकांश समय मानिसहरु शुभ र अशुभ कुराहरुको बारेमा बोलिरहेका हुन्छन् । केहि सामान अशुभ छन् भने त्यसको प्रयोग गर्न निषेध गरिन्छ ।
एउटा कुर्सीमा केवल बस्दैमा कोही कसैको ज्यानै कसरी जाला र तर तपाइँले यो तथ्य पढ्नुभयो भने हैरान हुनुहुनेछ की बेलायतमा एउटा यस्तै ज्यानमारा कुर्सी छ जसले ६३ जनाको ज्यान लिएको छ ।
यसलाई हट सीटको नाम पनि दिइएको छ । यस कुर्सीमा बसेका मानिसहरु आजसम्म कोहि पनि फर्किएका छैनन् ।
यो कुर्सी अहिले इंग्ल्याण्डको म्यूजियममा राखिएको छ ।
उनले धेरैजसो यहीँ कुर्सीमा बसेर आफ्नो दिनचर्या गुजार्थे । सन् १७०२ मा थोमसले सोही कुर्सीमा बसेका बेला आफ्ना ससुराको कुर्सीमा नै हत्या गरेछन् । आफ्नो कुर्सीमा अरु कुनैपनि मानिस बसेको देख्न नसहने थोमसले आफ्नै ससुरालाई पनि कुर्सीमै बसेको निहुँमा मारेका थिए ।
जमीनबाट ६ फीट उचाईमा राखिएको यो कुर्सी सामान्य देखिन्छ, तर जो यो कुर्सीमा बसेको छ, उ अकालमा मृत्युलाई प्रप्त गरेको छ ।
प्रतिकृया दिनुहोस्