News

किम जोंग पछी उनकी बहिनीले सम्हाल्नेछिन् उत्तरकोरियाको शासनसत्ता

एजेन्सी। उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनको स्वास्थ्यलाई लिएर पछिल्लो समय विभिन्न अपुष्ट खबरहरु सार्वजनिक भएका छन्। विभिन्न स्रोतलाई उदृत गर्दै लेखिएका त्यस्ता खबरमा नेता किम सर्जरीपछि बे’होस रहेको, उनको मस्तिष्कको मृ’त्यु (ब्रेन डेथ) भइसकेको दा’बी गरिएको छ। हंकंगको एउटा टिभि च्यानलले त ”उनी अब शासनमा कहिल्यै नफर्कने” दा’बी गरेको छ। यी सबै कुरा पुस्टि गर्न निकै गाह्रो छ।

नेता किमको स्वास्थ्य अवस्था केहो भन्नेबारे स्वयं उत्तर कोरियाली सञ्चार माध्यम समेत मौन छन्। गत अप्रिल १५ मा आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक नेताको जन्मदिनमा आयोजित कार्यक्रममा उनी नदेखिएपछि किमबारे विश्वभरबाट चासो बढेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय भने पछिल्ला खबर विश्वसनीय नरहेको जनाएका छन्।

बाहिरी विश्वबाट अलग रहेको उत्तर कोरियाबारे वास्तविकता भने कसैलाई थाहा छैन। त्यसैले ख’बरहरु र’हस्य’मय बनेका हुन। विश्वलाई थर्कमान पार्ने शासक किम जोंग उनको यदि मृ’त्यु नै भैहाल्यो भने उनको शासन सत्तामा को आउला भन्ने कुरामा धेरैको चासो छ। नेता उनलाई केही भइहाले उनको उत्तराधिकारका रुपमा बहिनी किम यो जङलाई हेरीएको छ।

उत्तरमा किम जोंग उनकी बहिनीलाई देशमा दोस्रो सबैभन्दा महत्त्वपूर्ण व्यक्तिका रूपमा हेरिन्छ।

Related Articles

Back to top button
Close