Monday, March 1

विवाहको २ दिन पछि नै जब गौहरले भेटिन् पूर्वप्रेमी कौशललाई, कौशलले भने, ‘हेर मेरो किस्मत’ (भिडियो हेर्नुस्)

December 28, 2020 139

एजेन्सी । अभिनेत्री गौहर खान भर्खरै जैद दरबारसँग विवाह बन्धनमा बांधिएकी छन् । तर विवाहको दुई दिन पछि नै उनी पूर्व प्रेमीसंग भेटिएपछि भारतीय मिडियामा चर्चा भएको छ । उनी विवाहको दुई दिन पछि नै फिल्मको कामका लागि मुम्बई गएकी थिइन् । उनी विमानमा आफ्ना पुर्वप्रेमी कुशल टण्डनलाई भेटेकी हुन् ।

कुशल टण्डनसंच उनको अचानक भेट भएको हो । कुशलले तीन वटा भिडियोहरू सोशल मीडियामा साझेदारी गरेका छन्। कुशल र गौहर भिडियोमा सँगै बसेका छन्। भिडियो साझेदारी गर्दा, कुशलले लेखेका थिए एक सुन्दर संजोगले भेटभयो । भखैरै विवाह गरेकी गौहर खानलाई शुभकामना ।

कुशल भिडियोमा बोल्दै भन्छन्, म आफ्नो गृहनगर जाँदैछु, र मैले कसलाई भेटें, हेर्नुहोस् मेरी प्रिय मित्र गौहरलाई। हामीले अचानक भेटियौं । मैले गौहरलाई फलो गरेको भने होइन है । यो सुनेर गौहर हाँस्न थालिन् ।

ुउनी धेरै राम्री देखिन्छिन्। म तिम्रो लागि धेरै खुसी छु। हुनसक्छ म तपाईंलाई बधाई दिन चाहन्छु। शुभ विवाह गौहर। अन्तमा कुशलले हाई मेरो भाग्य भन्छन्।

गौहर खान र कुशल टण्डनले बिग बॉस ७ मा भाग लिएका थिए। गौहर यस शोको विजेता बनिन् । यहींबाट दुई बीच प्रेम सुरु भएको थियो ।

बिग बॉस छोडे पछि पनि दुबै सम्बन्ध थिए। तर अचानक उनीहरू दुवैले आफ्नो बाटो छुट्याए। गौहर र कुशलको ब्रेकअपको बारेमा धेरै चर्चा गरिएको थियो।

अहिले गौहर खानको बिहे भयो। उसको डिसेम्बर २५ मा जैद दरवारसँग विवाह गरिन्। गौहरको विवाहको तस्वीरहरु सोशल मीडियामा भाइरल छ। फ्यानले गौहर र जैदको जोडी मन पराएका छन् ।

प्रतिकृया दिनुहोस्