News

थप ४ जना कोरोना संक्रमित निको भएर फर्किए, कोरोना जितेर घर फर्किनेको संख्या १६ पुग्यो

काठमाडौं । नारायणी अस्पताल वीरगन्जको आइसोलेसनमा उपचाररत रौतहटका १९ वर्षीय युवा कोरोना निको भएर घर फर्किएका छन् ।उनी कोरोना संक्रमण पुष्टि भएको १२ औं दिनमा निको भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही अस्पतालमा उपचाररत थप तीन जनापनि डिस्चार्ज भएको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।उनका अनुसार योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ ।

हाल धनगढीमा १ जना, वीरगन्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको पनि देवकोटाले जानकारी दिए । आज वीरगन्जकै २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

Related Articles

Back to top button
Close