News

भरतपुरमा लगातार ३ पटक गरिएको आरडिटी टेस्ट पोजिटिभ देखिएकी २३ वर्षिया युवतीको मृत्यु, पिसीआर रिपोर्ट नेगेटिभ

वीरगन्ज, १४ बैशाख । लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी बिरगंजकी एक युवतीको आज बिहान मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिका निवासी २३ वर्षिया युवतीको आज आइतबार बिहान मृत्यु भएको हो ।

चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत उनि ब्लड क्यान्सरले ग्रसीत रहेको खुलेको छ । उनि एक महिना अगाडी नै अस्पतालबाट घर फर्किएको तर हिजो शनिबार उनलाई एक्कासी सन्चो नभएपछी नेशनल मेडिकल कलेजमा लगेको तर त्यहा बेड खाली नभएपछी एडभान्स हस्प्टिल लागिएको फेरी त्यहाँ पनि आइसीयू बेड खाली नभएको अस्पतालले भनेपछि युवतीलाई तराई हस्पिटलमा लगिएको थियो ।

सोहि अस्पतालमा उनको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ देखिएको थियो । एक पटक पोजिटिभ रिपोर्ट आएपछि पुन दोस्रो र तेस्रो पटक आरडिटी टेष्ट गर्दा पनि युवतीमा रिपोर्ट पोजिटिभ नै आएको अस्पतालले जनाएको छ ।

कोरोनाको एन्टीबडी टेस्ट आरडिटी टेष्ट गर्दा तिन पटक सम्म पोजिटिभ रिपोर्ट आएपछि आइतबार बिहान १ बजेतिर तराइ हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा युवतीको मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

आरडीटी टेस्टमा तीन पटक कोरोनाको एन्टिबडी देखिए पछी कोरोना भाइरसको आशंकामा पिसिआर परीक्षण गर्दा त्यसको नतिजा भने नेगेटिभ आएको छ।

Related Articles

Back to top button
Close