News

लकडाउनले पनि छेकेन नेविसंघका पूर्वमहामन्त्री काफ्लेको बिबाहलाई…

काठमान्डौ , नेपाल विद्यार्थी संघका (नेविसंघ)का पूर्वमहामन्त्री कुन्दन काफ्ले बैबाहिक जिवनमा बाँधिएका छन्। आइतबार अक्षय तृतीयाको साइतमा बाँसवारीस्थित गायत्री मन्दिर परिसरमा उनले मेनुका अधिकारीसँग बिबाह गरेका हुन् ।अधिकारी व्यवासायी हुन्। लकडाउनको कारण बिवाहमा सिमित व्यक्तिलाई मात्र आमन्त्रण गरिएको थियो। लकडाउनका कारण बेहुलीका बाआमा भने विवाह समारोहमा आइपुग्न नपाएको नेविसंघ पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले जानकारी दिए । उपस्थिति धेरै छैन ।

लकडाउनलाई पूर्ण रुपमा पालना गरिएको छ । लकडाउनकै कारण बेहुलीका बुबाआमासमेत आइपुग्न पाउनु भएन, नेता त्रिपाठीले बताए ।अक्षय तृतीयाको मौकामा साइत राम्रो रहेकाले आजै बिहे भएको बताइएको छ । लकडाउनकै कारण कांग्रेसका केन्द्रीय नेताहरुलाई पनि निम्तो नरहेको बताइएको छ । काफ्ले र अधिकारीको गत चैत ५ मा टीकाटालो भएको थियो । लामो समयदेखि नेविसंघको राजनीतिमा रहेका काफ्लेले अधिकारीसँग मागी विवाह गरेका हुन् ।

Related Articles

Back to top button
Close