News

काखका बच्चा छाडेर ड्युटीमा खटिएका महिला प्रहरी

‘दिदी बाबुको ख्याल गर्नुहोला, म हिँडे,’ यति भनेर दुर्गा भट्ट अरू दिन जस्तै आज पनि ड्युटी गर्न हिँडिन्।शरीरमा बर्दी छ। काखमा बच्चा। जागिरसँगै आमाको जिम्मेवारी बहन गर्न तैनाथ हुने प्रहरीहरू मध्येकी दुर्गा पनि एक हुन्।आजभोलि उनको ड्युटी पहिलेजस्तो छैन। कोरोनाको जोखिम बढेपछि कार्यालयले भित्रका कर्मचारीलाई भित्रै र बाहिरकालाई बाहिरैबाट काममा जाने आउने व्यवस्था मिलाइदिएको छ। दुर्गा डेराबाट आउँछिन्। कार्यालयभित्र प्रवेश नगरी सहकर्मीहरूसँगै खटाइएको ठाउँमा जान्छिन्।

कोरोनाबाट फ्रन्टलाइनमा रहेर काम गर्नुपर्ने उनीहरू कहिले सीमा त कहिले सडक र वस्तीहरूमा पहरा दिन जान्छन्।यसरी नै प्रहरी भएर काम गर्ने रहर भने उनको सानै देखिको हो।छोरीले देखेका सपना स्वीकार गर्न नसक्ने धेरै आमाबुवाको सपना हुन्छ- छोरीले राम्रो केटा पाओस्, पाले पुण्य मारे पाप भन्दै कन्यादान गर्न पाइयोस्।

२१ वर्षकै उमेरमा दुर्गाको पनि बुवाआमाले बिहे गरिदिए। तर दुर्गाको सपना मरेन। केटा प्रहरीमा काम गर्छन् भन्ने थाहा पाएपछि उनले बिहे गर्न मानेकी थिइन्। बिहेपछि आफू पनि प्रहरी बन्छु भन्दा श्रीमानले सहयोग गरे।श्रीमानको सपोर्टले गर्दा सानैदेखिको सपना पूरा गरेँ, जसरी रहर मानेर यो पेशामा आएँ, त्यसरी नै सेवा गर्न जस्तोसुकै परिस्थितिमा पनि पछि पर्ने छैन,’ उनले भनिन्।

Related Articles

Back to top button
Close