News

थप १ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं, १४ बैशाख । विराटनगरमा पुनः अर्को एक जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित व्यक्तिको बारेमा भने हाल केही खुलाइएको छैन ।


योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । यस अघि आज मात्रै २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।न्युज24नेपाल बाट

Related Articles

Back to top button
Close