Saturday, January 23

यि हुन् कैलाली घटनाका मुख्य योजनाकार, यसरी फेला पार्यो प्रहरीले (तस्बिर हेर्नुस्)

December 28, 2020 106

कैलाली । दुई प्रहरीको निधन भएको घटनाका मुख्य योजनाकार भनिएका व्यक्तिलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई पक्राउपछि सार्वजनिक गरिएको हो।

१ कात्तिकमा नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान रामबहादुर साउदको मृत्यु भएको थियो । त’स्क’रहरूका कारण दुई प्रहरीले संसार छोडेका थिए ।

असई बिक २ कात्तिकमा नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा मृत फेला परेका थिए । त्यसको दुई दिनपछि साउद पनि मोहना नदीमै मृ’त फेला परेका थिए । घटनामा संलग्न भएको अभियोगमा अघि प्रहरीले आठ जनालाई पक्राउपछि सार्बजनिक गरि सकेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी अनुपमसमशेर जबराले मुख्य योजनाकार राना नै रहेको यसअघि पक्राउ परेकाहरूको बयानबाट खुलेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्