News

लकडाउन २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं,१४ वैशाख। सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । निर्णयसंगै २५ गतेसम्म कडाउन लम्ब्याउने भएको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी रहेन छ ।

यो पनि पढ्नुहोस:
झापामा फेरी अर्को एक जनामा कोरोना भाइरस संक्रमित, नेपालमा संक्रमितको संख्या ५२ पुग्यो
काठमाडौँ, १४ वैशाख । झापामा थप एक जनानमा कोरोना भाइरस पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीषक्षको नतिजा अनुसार झापाका पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । आइतबार झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ ।

यो पनि पढ़नुहोस
वीरगञ्जमा थप दुई कोरोना सङ्क्रमित भेटिए
छ ।

वीरगञ्जको छपकैयाबाट आज थप दुईजना नोभल कोरोना भाइरसका सङ्क्रमित फेला परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २ र ३ निवासी दुवै जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएपछि दुवै जनालाई वीरगञ्ज नारायणी अस्पतालको आइसोलेशनमा राखिएको

कोरोना सङ्क्रमित हुनेमा एकजना वीरगञ्ज महानगरपालिकाको सरसरफाइ शाखामा कार्यरत कर्मचारी नै भएकोे नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदत उपाध्यायले जानकारी दिनुभयो । उहाँले चार दिन अगाडि छपकैमा सङ्कलन गरिएको ५२ जनाको स्वाबको नमूना जाँचका लागि काठमाडाँैको टेकु पठाइएकामा सोमध्ये दुईजना पुरुषको रिपोर्ट पोजिटिभ आएपछि दुवै जनालाई आइसोलेशनमा राखी उपचार शुरु गरिएको बताउनुभयो ।

सङ्क्रमित फेला परेको क्षेत्रलाई ‘सिल’ गर्दै सङ्क्रमितका परिवारलाई घरमै राखी निगरानी तथा परीक्षणको कार्य अगाडि बढाएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । छपकैयाबाट थप दुईजना सङ्क्रमित फेला परेपछि आज बिहानैदेखि सो क्षेत्रमा बाहिरबाट हुने आवतजावतमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

वीरगञ्जको नारायण अस्पतालमा रहेको पहिलेको पाँच सङ्क्रमितमध्ये चारजनाको स्वाब रिपोर्ट नेगेटिभ आएप्छि उनीहरुलाई आज घर पठाइएको छ । नेगेटिभ रिपोर्ट आउनेमा तीन भारतीय र एकजना रौतहट निवासी १९ वर्षीय युवक रहेको अस्पतालले जनाएको छ । नारायणी अस्पतालमा हाल तीनजना कोरोना सङ्क्रमित रहेका छन् ।

Related Articles

Back to top button
Close