Intresting

आज अभिषेक र ऐश्वर्याको एनिभर्सरी, अभिषेकले नक्कली हीराको औंठी दिएर ऐश्वर्यालाई बिहेको प्रस्ताव राखेको १३ वर्षपछि खुलासा

मुम्बई, १४ बैशाख । बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायको जोडीलाई बलिउडमा सुन्दर र आदर्श जोडीको रुपमा हेरिने गरिन्छ । यी दुईले सन् २००७ मा बिहे गरेका थिए । उनीहरुको एक सन्तान छिन् । प्रसङ्ग यसरी जोडिन आयो कि आज यो जोडीको एनिभर्सरी हो ।

अभिषेक र ऐश्वर्याबीच एक फिल्मको शूटिङका दौरानमा प्रेम बसेको थियो । अभिषेकले सेटमै ऐश्वर्यालाई प्रेम प्रस्ताव राखेका थिए । रमाइलो कुरा त के छ भने अभिषेकले नक्कली हीराका औंठी दिएर ऐश्वर्यासँग प्रेमप्रस्ताव राखेका थिए ।

अभिषेकले एक अन्तर्वार्तामा बताएका छन् कि, न्युयोर्कमा शूटिङ चलिरहेको थियो, त्यतिबेला अभिषेकले सोचेका थिए, बिहे गरेर दुवै एकसाथ भयो भने कति राम्रो हुन्थ्यो ।

‘त्यसको केही समयपछि हामी फिल्म गुरुको प्रिमियरका बेला एकसाथ भयौं, त्यतिबेला मैले ऐश्वर्यालाई बाल्कोनीमा लगें र सोधें, मसँग बिहे गर्छौ ?,’ अभिषेकले भनेका छन् ।

ऐश्वर्यालाई पनि अभिषेकको प्रेम सच्चा लाग्यो । त्यतिबेला त्यो सबै यति छिटो भयो कि, ऐश्वर्याले धेरै सोच्न पनि पाइनन् । त्यसपछि यी दुवैले बिहे गर्ने निर्णय गरे ।

पहिलोपटक ऐश्वर्या र अभिषेकको भेट सन् १९९७ मा प्रदर्शन भएको फिल्म ‘और प्यार हो गया’ का दौरान भएको थियो । फिल्ममा ऐश्वर्याले अभिषेकका मिल्ने साथी बबी देओलसँग काम गरेकी थिइन् ।

अभिषेक र ऐश्वर्याले पछि ‘ढाई अक्षर प्रेम के’ र ‘कुछ ना कहो’ मा सँगै काम पनि गरे । तर, फिल्म ‘गुरु’ का बेला यी दुईको सम्बन्ध थप बलियो भएको बताइएको छ ।

Related Articles

Back to top button
Close