Horoscop

आजको राशिफल : वि.सं.२०७७ साल वैसाख १५ गते । सोमबार । ईश्वी सन् २०२० अप्रिल २७ तारिख

वि.सं.२०७७ साल वैसाख १५ गते । सोमबार । ईश्वी सन् २०२० अप्रिल २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैसाख शुक्लपक्ष । तिथि– चतुर्थी,१६ घडी २५ पला,मध्यान्ह १२ बजेर ०४ मिनेट उप्रान्त पंचमी । नक्षत्र– मृगशिरा,४१ घडी ४१ पला,बेलुकी १० बजेर १० मिनेट उप्रान्त आद्र्रा । योग– अतिगण्ड,४० घडी २७ पला,बेलुकी ०९ बजेर ४१ मिनेट उप्रान्त सुकर्मा । करण– भद्रा,मध्यान्ह १२ बजेर ०४ मिनेट उप्रान्त बव,रातको १२ बजेर ०४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–वृष,बिहान ०९ बजेर ४९ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी ४१ पला । राष्ट्रिय चिया दिवस । ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथयात्रारम्भ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अवसरहरु प्राप्त भएपनि समय तथा परिस्थिति सोचेजस्तो नहोला । दाजुभाई तथा आफन्तको सुझाब तथा सल्लाह मान्दै अगाडि बढ्न सम्दा फाईदा हुनेछ । सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रश्तुति गर्दा ध्यान दिनुहोला । थालेका कामहरुबाट तत्काल फाईदा नभएपनि पछिको लागि जग बसाउने मौका रहेकोछ । यात्रा भएपनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । साहित्य तथा कलाकारितामा मन जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आध्यात्मिक क्षेत्रमा समय दिएपनि नतिजा भने न्यून हुनेछ । लेखन क्षेत्रमा समय लगानि गरेपनि सयम दिएजस्तो उपलब्धि नहुदा मन खिन्न हुनेछ । यात्रा हुने भए पनि बाटोमा ध्यान दिनुहोला यात्रा कष्टकर पनि हुन सक्छ । बिगतमा गरिएका गल्तिको प्रभाव देखिन थाल्ने ग्रहयोग रहेकोछ । सरकारी तथा प्रशासनिक काम गर्दा ख्याल गर्नुहोला काम बिग्रन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आट तथा हिम्मतका साथ अगाडि बढ्ने समय रहेकोछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । आफन्त तथा साथिभाईहरुको सहयोगले कृषी तथा पशुपालन व्यावसायको कामको थालनि गर्न सकिनेछ । माया प्रेममा खुलेर रमाउन सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

लगानि गर्नको लागि केहि समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा घाटा हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्ने बाध्यता आउँन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । मध्यान्हबाट राजनितिमा जनताको काम गर्न सक्दा पद प्राप्तिको योगलाई नकार्न सकिदैन । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । सवारि साधनको प्रयोग तथा पैदल यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

०००

यो पनि

यो साताको साप्ताहिक राशिफल : वैशाख १४ गते आईतबारदेखी वैशाख २० गते शुक्रबारसम्मको

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । घरपरिवार तथा आफन्तका साथ घरमै समय व्यातित हुनेछ । घरमै बसेर ध्यान तथा साधना गर्दा शरिर स्वास्थ्य हुनेछ । स्वअध्ययनले पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । दाजुभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । बिहीबारबाट समय मध्ययम रहेकोले धनमाल हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । गोप्य कुराहरु बाहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । यात्रा गर्दा दुःख हुनेछ । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

सोमबार विहान सम्मको समय मध्ययम रहेकोले स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । सोमबार साझबाट समय राम्रो रहेकोले दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । घरमै बसेर ध्यान तथा साधना गर्दा शरिर स्वास्थ्य हुनेछ । घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको वन्धन कसिलो भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि आफ्ना लेख रचनाहरु जनमानसमा लैजान सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु विच घनिष्टता बढेर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । सोमबार साझबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्ने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । बिद्यामा सोचे अनुरुप नै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउँन सकिनेछ । बुधबार साझबाट समय मध्ययम रहेकोले न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । अन्य काममा सहभागी हुदा पढाइ लेखाइ भने थाती रहनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्वन्धीत कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन् । पारिवारीक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्तै राम्रो हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बुधबार दिउसोसम्मको समय मध्ययम रहेकोले आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला । ध्यान तथा साधना गरि समय व्यातित गर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला । यात्रा स्थगित गर्नु नै राम्रो हुनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । बुधबार साझबाट समय राम्रो रहेकोले पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु विच घनिष्टता बढेर जानेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । धार्मिक स्थल तथा मन्दिर तिर गई मनलाई शान्त पार्न सकिनेछ । सरकारी स्तरमा तपार्ईँको प्रभाव बढ्ने हुनाले समयमा कामहरु बन्नेछन् । सोमबार साझबाट बुधबार दिउसोसम्मको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । व्यापार व्यावसायमा न्यून नाँफा हुने हुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पारिवारीक सम्वन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । बिद्या तपार्ईँले सोचेजस्तै राम्रो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । बुधबार साझबाट समय मध्ययम रहेकोले कामगर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनी आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने वाध्यता आउनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सोमबार बिहान सम्मको समय मध्ययम रहेकोले सोचेको कामहरु तत्काल गर्न नसकिने हुदा समयले तपार्ईँलाई पछि छाड्नेछ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्नेछैन । सोमबार साझबाट समय राम्रो रहेकोले शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपार्ईँलाई सम्झनेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले दाजुभाई तथा छिमेकी सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ । सोमबार साझबाट बुधबार दिउसोसम्मको समय मध्ययम रहेकोले आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छाती सम्वन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला । प्रतिस्पर्धी हरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस ।

Related Articles

Back to top button
Close