News

मुख्यमन्त्री राईप्रति सचेतक कार्कीको कटाक्ष – हेलिकप्‍टरकाे पंखाले कोरोना भाग्दैन !

उदयपुर, १४ बैशाख । नेपाली कांग्रेस प्रदेश १ का मुख्य सचेतक केदार कार्कीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ब्यांगे गर्दै हेलिकप्टरको पंखाले कोरोना नभाग्ने बताएका छन् ।

शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत मुख्यमन्त्री राई कोरोना प्रभावित क्षेत्र उदयपुरको भुल्के आएको प्रसंगलाई लक्षित गर्दै नेता कार्कीले यस्तो टिप्पणी गरेका हुन् ।

भुल्के क्षेत्रका जनता स्वाब संकलन सामग्री र राहतको पर्खाइमा भए पनि उनीहरु निराश भएका प्रमुख सचेतक कार्कीले बताए। पत्रकारहरुसँग कुराकानी गर्दै नेता कार्कीले भने, ‘ कोरोना संक्रमित क्षेत्रका जनतामा अझै पनि त्रास र भय छ, त्यसको सम्बोधन कतैबाट भएको छैन, स्थानीयको मुहारमा चमक ल्याउने काम मुख्यमन्त्री यहीँ पुगेर पनि गर्न सकेनन् ।’

भुल्के क्षेत्रको मुस्लिम समुदायहरुको मात्र थ्रोट स्वाव संकलन गरिएको र अन्य समुदायको स्वाब संकलन नगर्दा स्थानीयमा त्रास कायमै रहेको नेता कार्कीको बुझाइ थियो ।

उदयपुरको भुल्के क्षेत्रको भ्रमण गरेर फर्किएका कार्कीले कोरोना प्रभावित क्षेत्रलाई सिल गरिएको र लकडाउनलाई थप कडा बनाइएकोले यस क्षेत्रका नागरिकको दैनिकी असहज बन्दै गएको बताए ।

त्यसैगरी त्यहाँको स्थानीय सरकारलेसमेत राहत वितरणमा सक्रियता नदेखाएकाले जनजीवन नराम्ररी प्रभावित हुने देखिएको कार्कीले बताए ।

Related Articles

Back to top button
Close