Tuesday, January 26

दूध र यस्ता चिज सँगसँगै खाने गम्भीर गल्ती गर्दै नगर्नुस्, बर्बाद हुनबाट जोगिनुस् ! [जनचेतनाका लागि सक्दो सेयर गरौँ]

January 3, 2021 73

माछा मानिसको स्वास्थ्यका लागि धेरै फाइदाजनक छ ।

यसमा प्रोटिनको मात्रा भारी मात्रामा हुन्छ । माछामा पाइने पोषक तत्वले क्यान्सरजस्ता रोग लाग्ने खतरालाई कम पनि गराउँछ ।

यसैगरी, माछाको सेवन गर्नेहरुको आँखा स्वस्थ हुन्छ भने कपाल पनि लामो हुने गर्छ । मधुमेहका रोगीहरुका लागि पनि माछा निकै फाइदाजनक हुन्छ ।

तर, माछाको सेवन गरेपछि दूध र दूधजन्य परिकार खान नहुने अनुसन्धानमा उल्लेख छ । यसले छालासम्बन्धी रोगहरु लाग्छ ।

यदि माछा र दूध एकसाथ सेवन गरेमा छालामा सेतो दाग आउने सम्भावना हुन्छ । यसलाई भिटिलिगो भनिन्छ ।

भिटिलिगोको समस्यामा छालाले पिगमेन्ट मेलेनिन छोडिदिन्छ जसले सेतो दाग देखिनसक्छ ।

यस रोगमा छालामा रंग छुट्याउने मिलेनिन नामक पदार्थको निर्माण बन्द गरिदिन्छ । र सेतो धब्बा देखिन थाल्छ ।

सामान्यतयाः माछा र दूधको सेवनबाट फुड पोइजन पनि हुन सक्छ । त्यसैले दूध र माछा भुलेर पनि खानुहुदैँन ।

दूध एक अत्यावश्यक पौष्टिक आहार हो ।

बच्चादेखि वृद्धसम्मका लागि दूध उपयोगी पेयपदार्थ हो । मानिसका लागि हितकर हुनुका बाबजुद यसको सेवन गर्दा विचार पु(याउन जरुरी छ । कतिपय अवस्थामा दूध स्वास्थ्यका लागि हानिकारकसमेत हुन सक्छ ।

मासको दाल
मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखापर्ने गर्छ । तसर्थ, मासको दाल खाएपछि करिब २ घन्टापछि भने दूध पिउन सकिन्छ ।

नुन
नुन वा नुनजन्य वस्तुमा दूध मिसाएर खानु हुँदैन । यसमा पनि ब्रेकफास्टमा यी दुई चिज एकैसाथ लिँदा अझ हानि पु(याउँछ ।

अमिलो फल
सुन्तला, कागतीलगायत अमिला फलसँग दूध खानु हुँदैन । यी दुई एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ । पचाउन पनि गाह्रो हुने भएकाले बान्ता हुने सम्भावना रहन्छ ।

दही
दूध र दही एकै किसिमका खाद्यपदार्थ भए पनि यी दुई एकैसाथ सेवन गर्नु हुँदैन ।

सँगै खाएमा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने हुन्छ । तर, दूध र दही एक घन्टाको फरकमा भने खान सकिन्छ ।

प्रतिकृया दिनुहोस्