Friday, January 22

छोरासंग बाइकको पछाडी बसेर गइरहेको बेला लम्किमा महिलालाई बाघले झम्टेर लग्यो, ‘छोरा मलाई बचाउ’ भन्ने आवाज नै अन्तिम बन्यो

January 3, 2021 125

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र कुँवाभार नजिक गएराति मोटरसाएकलमा सवार महिलालाई बाघले झम्टेर लगेको छ । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई छोरासंग बाइकको पछाडी बसेर गइरहेको बेला बाघले आ क्रमण गरेको हो ।

बाघले आ क्रमण गरेको खबर पाए लगत्तै निकुञ्जको टोली र नेपाली सेनाले हात्तीको सहायताबाट बेपत्ता भएकी महिलाको खोजी गर्ने क्रममा निकुञ्जभित्र कुवाँभार नजिक शव फेला पारेको छ । महिलाको शव आ क्रमण गरेको स्थान देखि पांच सय मिटर टाढा गुम्ना पुल नजिकै फेला परेको हो ।

मोटरसाइकलमा सवार आमाछोरा कैलाली लम्किचुहा नगरपालिका ४ आफ्नो घर तर्फ जाँदै गर्दा शुक्रबार राति साढे ८ बजेतिर बाघको आ क्रमणमा परेका थिए । छोरालाई भने सामान्य चोट मात्र लागेको छ । बाघले झम्टेर महिलालाई जंगलतिर लादै गर्दा ‘छोरा मलाई बचाउ’ भनेर गुहार मागेको आमाको अन्तिम वाक्य सुनेको छोरा बताउछन ।

प्रतिकृया दिनुहोस्