News

मर्निङवाकमा निस्किएका एक नेपालीको अष्ट्रेलियामा मृ,त्यु

काठमाडौं – मर्निङवाकमा निस्किएका एक नेपालीको अष्ट्रेलियामा कारको ठक्करबाट घटनास्थलमै मृत्यु भएको छ ।

म्याग्दीको अन्नपुर्ण १ का गोपाल पुन मगरलाई बुधबार मर्निङवाकमा रहेका बेला विहान साढे ५ बजेतिर सिड्नीको एड्मन्स पार्कमा कारले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने कारका चालक पनि नेपाली नै भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै प्रवासी नेपाली संघ अष्ट्रेलियाले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button
Close