Video

पुजा र आकासको प्रेम देखि बिहेसम्मको कुरा : आकाससंग छुट्टिने कुरा हुँदा पुजाको आँखामा आँशु (भिडियो हेर्नुस्)

काठमाडौं । सामाजिक सञ्जाल र मिडियामा सबैभन्दा बढी गसिप हुने क्षेत्र भनेकै फिल्म क्षेत्र हो । यो क्षेत्रमा कलाकारहरुको निकै नै गसिप हुने गर्छ । यतिवेला नायीका पुजा शर्मा र अर्की नायीका शुष्मा कार्कीको सम्बन्धका बारेमा सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । नायीका पुजा र नायक आकाश श्रेष्ठको निकै राम्रो दोस्ती छ । उनीहरुको जोडीलाई फिल्म रामकहानीवाट दर्शकले निकै मन पराएका छन् ।

धेरै चलचित्रमा काम गरेका उनीहरुका बिचमा प्रेम सम्बन्ध पनि रहेको हल्ला मिडियामा चलेको छ । तर उनीहरुले प्रेमको बारेमा खुलेर स्वीकार भने गरेका छैनन् । तर उनीहरुको नामलाई जोडेर फ्यान पेजहरु बनाइएका छन् । जसरी अर्का नायक पल शाह र नायीका आँचल शर्माबीचको सम्बन्धका बारेमा यस्तै चर्चा हुने गरेको थियो । उनीहरुलाई पनि आँप जोडीका रुपमा दर्शकले निकै मन पराएका थिए । उनीहरुको पनि प्रेम सम्बन्ध रहेको चर्चा चलेको भएपनि उनीहरुले सो कुरालाई स्वीकार भने गरेका थिएनन् । आँचलले उदिपसंग केही महिना अघि विवाह गरेपछि पलका फ्यानले आँचललाई गाली समेत गरेका थिए । उनीहरुले आँचलले पललाई धोका दिएको भन्दै निकै आलोचना गरेका थिए ।

त्यस्तै आकास र पुजाको सम्बन्धका बारेमा पनि फ्यानहरुमा एउटा विश्वास छ । उनीहरु पनि प्रेम सम्बन्धमा हरेको बताइने गरेको छ । उनीहरुले एक अर्कालाई निकै मिल्ने साथी भनेर बताउने गरेका छन् । एक अर्कालाई निकै साथ दिन्छन् भने काममा सहयोग पनि गर्ने गरेका छन् । पछिल्लो समय शुष्मा कार्कीले दुवैजनालाई लिएर मिडियामा फेक फ्यान पेज बनाएको र त्यसमा आफैले कमेन्ट गर्ने गरेको आरोप लगाएपछि पुजा र आकास दुवैजनाले सो कुराको खण्डन गरेका थिए ।

उनीहरुले फेसवुक लाइभमा आएर शुष्मालाई सो कुराको जवाफ पनि दिएका थिए । यद्धपी धेर फिल्ममा संगै खेलेका कारण पुजा र आकासको राम्रो दोस्ती भएको कुरालाई भने नकार्न सकिदैन । लकडाउनको समयमा पनि उनीहरु आफ्नो आफ्नो घरवाट फेसवुक लाइभमा संगै आउने गरेका छन् । आफ्ना फ्यानहरुले गरेका प्रश्नको जवाफ समेत दिने गरेका छन् । लकडाउनका कारण यतिवेला पुजा काठमाडौंमा छन् भने आकाश आफ्नो गृहजिल्ला तुलसीपुर पुगेका छन् ।

Related Articles

Back to top button
Close