एजेन्सी । मञ्च सजाइएको छ, नेताहरूले भाषण दिइरहेका छन्, भाषणमा नेताहरुले ठूला ठूला प्रतिज्ञा गरिरहेका छन् । तर त्यही कार्यक्रमको अगाडी एउटा शव कुर्चीमा राखिएको छ । शवका अगाडी नेताहरुले चर्को भाषण गरिरहेका छन् । यो दृष्य कुनै फिल्मको भने होइन । भारतमा अहिले प्रदेश सभामा सुरु भएको निर्वाचनको प्रचारको हो ।
मञ्चमा भाषण गर्ने नेताहरुले विपक्षीका विरुद्ध निकै चर्को विरोध गरेका छन् । तर उनकै अगाडी एउटा शव कुर्चीमा राखिएको छ । शवको वरीपरीका कुर्ची भने खाली गरिएको छ । खाली भएका कुर्चीका केही पर कार्यकर्ता नेताको भाषण सुनिरहेका छन् । एक जना वृद्ध किसानको शव कुर्चीमा राखेर नेताहरुले जनतालाई भाषण सुनाइरहेका छन् ।
भारतको खाण्डवामा भाजपाका वरिष्ठ नेता ज्योतिरादित्य सिंधियाले यस सभाको नेतृत्व गरेका थिए । चुनावी भाषण सुरु हुन अघि नै ति किसानको कार्यक्रममै निधन भयो । नेता ज्यातिरादित्य कार्यक्रममा नपुग्दै निधन भएका उनलाई कुर्चीमा बसाइयो । नेता कार्यक्रममा आएपछि दुई मिनट मौन धारण गरियो अनि कार्यक्रम सुरु भयो । उनको शव कार्यक्रम स्थलवाट नहटाई भाषण सुरु गरिएको थियो । यस्तो भिडियो सार्वजनिक भएपछि भाजपाले स्पष्टिकरण दिनु परेको छ । स्रोत आजतक
प्रतिकृया दिनुहोस्