Sunday, January 24

‘पारस’ मा नब नायिका आग्यासँग रोमान्स गर्दै अनमोल केसी

January 3, 2021 102

काठमाडौं, पुस १९-नायक अनमोल केसी चलचित्र ‘पारस’ मा अभिनय गर्ने भएका छन् ।आफ्नै होम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा पारसमा उनले अभिनय गर्ने भएका हुन् ।

फिल्ममा नब नायिका आग्या करनजीतले अभिनय गर्ने पक्का पक्की जस्तै भएको बताइएको छ । पछिल्लो समय निकै व्यस्त रहेका अनमोल हाल अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा तयार भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ मा अभिनय गरिरहेका छन् ।


यो पनि पढ्नुहोस

२७ किलोको बुद्धको मूर्ति चोरी गर्ने वडा सदस्यसहित तीन जना चितवनबाट समातिए
भरतपुर, १९ पुस मूर्ति चो’रेको अभियोगमा चितवनको रत्न नगरनगरपालिकाबाट वडा सदस्यसहित तीन जना प’क्रा’उ परेका छन् । सत्ताइस किलोको बुद्धको मूर्ति चोरीमा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका–१२ का वडा सदस्य ठूलोकान्छा तामाङ, रत्ननगर–१२ कै सुरज तामाङ र रत्ननगर–११ का रोजबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो । पुस १६ गते पक्राउ परेका उनीहरुलाई शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

उनीहरुले रत्ननगर–१२ जिरौनाका जहारसिंह तामाङको घरमा लुकाएर राखिएको अवस्थामा अन्दाजी १०० वर्ष पुरानो पुरातात्विक महत्वको पित्तलको मूर्ति बरामद भएको इलाका टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताउनुभयो । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । दोषी ठहर भए उनीहरुलाई पाँचदेखि १५ वर्षसम्म कैद हुनसक्ने कार्कीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्