News

सांसद सुरेन्द्र यादव ‘अपहरण प्रकरण’ को जाहेरी दर्ता हुने

काठमाडौं, १५ वैशाख । सांसद सुरेन्द्र यादवको ‘अपहरण प्रकरण’ कानुन अनुसार जाहेरी दर्ता हुने भएको छ । घटना भएको भनिएको महोत्तरी जिल्लामा गएर दर्ता गर्नुपर्ने भएको छ ।

पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका समाजवादी पार्टीका सांसद् डा सुरेन्द्र यादवको अपहरण प्रकरणमा मुछिएकाहरु सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनाल विरुद्धको किटानी जाहेरी कानुन अनुसार दर्ता हुने भएको हो । जाहेरी दर्ता गर्न प्रहरी हेडक्वाटरले निर्देशन दिएको छ। प्रहरी प्रवक्ता डिआइजी निरज शाहीले कानुन अनुसार जाहेरी दर्ता गर्न निर्देशन दिएको जानकारी दिए। दर्ता गर्न नमाने त्यसको पनि कानुनी बाटो खुल्ला रहेको बताए।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले जाहेरी दर्ता गर्न महोत्तरी प्रहरीलाई निर्देशन दिएको बुझिएको छ । आइतबार काठमाडौं प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन ।

सुरेन्द्र यादवलाई लिएर जनता समाजवादी पार्टीका नेताहरु हिजो जाहेरी दर्ता गर्न पुगेका थिए । उनीहरुले बस्नेत, श्रेष्ठ र खनालले अपहरण गरेको आरोप लगाउँदै आएका छन् ।

Related Articles

Back to top button
Close