Monday, January 18

शरीरको यी अंगमा कोठी हुने व्यक्ति हुन्छन् निकै भाग्यमानी

January 3, 2021 67

शरीरमा कुनै प्रकारको जन्मजात वा जीवनकालको क्रममा निस्किएको निशानीलाई कोठी भन्ने गर्छौं ।,भारतीय ज्योतिष शास्त्रको शाखा समुन्द्र विज्ञानमा शरिरमा भएको चिन्हको आधारमा व्यक्तिको भविष्यको विश्लेष गरिन्छ ।

शरिरमा पाएको यो निशानीले हाम्रो भविष्य र चरित्रको बारेमा धेरै कुरा बताउँछ। धेरैपटक समयसँगै कोठी निस्कने गर्दछ भने कुनै गायब हुने गर्दछन् । आज हामी तपाईंलाई शरिरको कुन ठाउँको कोठीले कस्तो प्रकारको संकेत गर्दछ ।

कोठीले सबै प्रकारको शारि रिक, आर्थिक र चरित्रको बारेमा धेरै कुरा बताउँछ । कोठीले मानिसको सुन्रतालाई पनि थप्ने काम गर्दछ । शरिरमा कोठी छ भने मानिसहरुले यसको फल के हुन्छ भन्ने जिज्ञासा राखेको हुन्छ । आउनुहोस्, आज त्यसबारे जानकारी लिऔं ।

टाउकोमा कोठीः टाउकोको सबैभन्दा माथि रहेको कोठी कपाल खौरिए मात्र देखिन्छ । यदि टाउकोको दायाँ भागमा कोठी छ भने त्यस्ता व्यक्ति राजनीतिमा सफल हुन्छन् ।

कोठी रातो र हरियो छ भने त्यस्ता व्यक्ति नेता हुन्छन् । उनीहरुले समूदाय र व्यवसायमा उच्चतम सफलता हाँसिल गर्नेछन् । यस्ता व्यक्तिहरु समाजमा प्रतिष्ठतसमेत हुने गर्छन् ।यदि कोठी टाउकोको बायाँ भागमा छ भने त्यस्ता व्यक्तिसँग पर्याप्त पैसा हुँदैन । साधारणतया यस्ता व्यत्तिले विवाह गर्दैनन् र आफ्नो जीवन घुमेर नै व्यतित गर्छन् ।

यस्ता व्यक्तिले आध्यात्मिक जीवनको नेतृत्व गर्छन् भने साहित्यमा पनि रुची राख्छन् । टाउकोको पछाडिपट्टी कोठी छ भने यो महिलाको कमजोरीलाई दर्साउँछ । यस्ता पुरुषहरु आफ्ना महिलासँग निकै नजिक हुन्छन्। यी व्यक्तिले पैसा त टन्नै कमाउँछन् तर उनको समाजमा राम्रो नाम हुँदैन ।

निधारमा कोठीः निधारको मध्य भागमा रहेको कोठी निर्मल प्रेमको निशानी हो । यदि निधार ठूलो छ र यसको दाहिनेतर्फ कोठी छ भने यसले धनलाई सूचित गर्छ । यस्ता व्यक्ति समूदायको धनीमानीमा गनिन्छन् र इज्जतदार पनि रहन्छन् । यी व्यक्तिले अरुलाई पनि सहयोग गर्छन् र भगवानप्रति आस्थावान् हुन्छन् ।

निधारको दाहिनेतर्फको कोठीले कुनै विशेष कुरामा निपुणता दर्साउँछ भने बायाँ तर्फको कोठी फजुलखर्चको प्रतिक हो । यस्ता व्यक्तिहरु स्वार्थी हुने भएका कारण उनीहरुलाई कसैले पनि सहयोग गर्दैनन् र गन्दैनन् पनि ।

निधारको सबैभन्दा माथि भएको कोठीको विषयमा अर्को धारणा रहेको छ । निधारको सबैभन्दा माथिपट्टीको दायाँ भागको कोठी धन वृद्धिकारक हुन्छ भने बायाँ तर्फको कोठी घोर निराशापूर्ण जीवनको सूचक हो ।

आँखी भौंको कोठीः यदि दुबै आँखी भौंमा कोठी छ भने त्यस्ता व्यक्तिले धेरैजसो यात्रा गरिरहेको हुन्छ । आँखी भौंको बीचमा कोठी छ भने त्यस्ता व्यक्ति नेतृत्व गर्नसक्ने क्षमताका हुन्छन् । उनीहरुले समूदायमा नाम दाम सबै कमाएका हुन्छन् ।

आँखी भौंको दाहिने कोठी सुखमय र बाँयापट्टीको दुःखद दाम्पत्य जीवनको संकेत हो । दायाँ आँखीभौंमा कोठी भएका मानिसहरुको असल महिलासँग चाँडै विवाह हुन्छ । ती व्यक्ति विवाहपछि भाग्यमानी हुन्छन् । यस्ता पुरुषले आफ्नी महिलाको नाममा लगानी गर्दा राम्रो हुन्छ ।

आँखाको नानी भित्रको कोठीः दायाँ नानीभित्र कोठी छ भने उक्त व्यक्तिको विचार उच्च हुन्छ । आँखाको नानीमा कोठी हुने मानिसहरु सामान्यतयाः भावुक हुन्छन् ।

परेलामा कोठीःआँखाको परेलामा कोठी हुने मानिसहरु संवेदनशील हुन्छन् । दायाँ परेलाको तुलनामा बायाँ परेलामा कोठी हुने मानिसहरु बढि संवेदनशील हुन्छन् ।

प्रतिकृया दिनुहोस्