Monday, January 25

आर्यघाटको छाना भत्किँदा मलामी गएका १८ जनाको मृत्यु, उद्धार कार्य जारी

January 3, 2021 165

एजेन्सी । भारतको राजधानी दिल्लीस्थित एक आर्यघाटको छाना भत्किँदा १८ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। मलामी गएकाहरुको निधन भएको हो ।

आइतबार गाजियाबादमा रहेको आर्यघाटको छाना भत्किएको हो। हालसम्म १८ को मृत्युको खबर प्राप्त भएको र त्यहाँ फसेकाहरुलाई उद्धार गर्ने कार्य चलिरहेको बताइएको छ।

यी मानिसहरु आफन्तको अन्तिम संस्कारमा भाग लिन आएको प्रहरीको भनाइ छ। झरीबाट बच्न यिनीहरु छानामुनी ओत लागेका थिए।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस घटना दुखद भएको बताउँदै घटनामा मृत्यु भएकाहरुको परिवारलाई दुई–दुई लाख आर्थिक सहायत प्रदान गर्ने बताएका छन्।

अहिलेसम्म ३८ व्यक्तिलाई खण्डहरवाट बाहिर निकालिएको छ । अझै केही ब्यक्ति खण्डहरमा भएकाले उद्धार कार्य भइरहेको छ। यो दुर्घटना गाजियाबाद पुलिस स्टेशनको मुरादनगर क्षेत्रमा भएको हो ।

प्रतिकृया दिनुहोस्