Friday, January 15

धमला पत्नी एलिजा गौतमले जितिन् ‘बेस्ट पपुलर मोडल’ २०७७ को अवार्ड

January 3, 2021 68

काठमाडौँ – अभिनेत्री तथा मोडल एलिजा गौतमले ‘बेस्ट पपुलर मोडल’ २०७७ को अवार्ड हात पारेकी छन्। चर्चित पत्रकार ऋषि धमलाकी पत्नी समेत रहेकी गौतमले ‘बेस्ट पपुलर मोडल’ २०७७ को अवार्ड हात पारेकी हुन्। शनिबार आयोजित एक समारोहका बीच ‘बेस्ट पपुलर मोडल’ २०७७ घोषित भएपश्चात गौतमले सामाजिक संजाल मार्फत खुशी व्यक्त गरेकी छन्। फेसबुक मार्फत गौतमले पाएको सफलताले आफूलाई जाँगरिलो र जिम्मेवार बनाउने बताएकी छन्। “यहाँहरुको आसिस स्नेह र हौसलाले यस वर्षको बेस्ट पपुलर मोडल अवार्ड पाएकी छु।

अवार्ड पाएपछि अझ जाँगरिलो र जिम्मेवार बनाइदिएको छ। यहाँहरुबाट यसरी नै माया पाइरहुँ”,अवार्ड पाएपछि सामाजिक संजाल मार्फत गौतमले लेखेकी छन्। गौतम पछिल्लो समय म्युजिक भिडियोमा अत्यन्तै व्यस्त रहेकी छन्। लकडाउन केही खुकुलो भएको समयमा मात्र उनले ४ वटा म्युजिक भिडियो गरेकी थिईन्। लकडाउन पश्चात उनले दुर्गेश थापा, पल शाह, पुष्प खड्का जस्ता चर्चित मोडलहरुसँग काम गरिसकेकी छन्। डेब्यु फिल्म ‘अनुराग’बाट खासै चर्चा पाउन नसकेपनि म्युजिक भिडियोमा भने उनको व्यस्तता बढिरहेको छ।

प्रतिकृया दिनुहोस्